९ मंसिर २०८३ बुधबार
image/svg+xml
खेल

सन्तोषको कप्तानीमा नेपाल ‘ए’ क्रिकेट टोली घोषणा

देब्रे हाते स्पिन अलरान्डर सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय नेपाल ‘ए’ क्रिकेट टोली घोषणा भएको छ।

भुटानमा डिसेम्बर ४ देखि १३ तारिखसम्म आयोजना हुने गेलफु मेन्स टी ट्वान्टी अन्तर्राष्ट्रियका लागि सन्तोषको कप्तानीमा नेपाल ‘ए’ घोषणा गरिएको हो।

उक्त सिरिजमा नेपाल ‘ए’ र आयोजक भुटानसहित बहराईन, माल्दिभ्स र थाइल्यान्ड सहभागी छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा राम्रो प्रदर्शन गरेका खेलाडीले पनि स्थान बनाएका छन्।

विराटनगर किङ्सका इमरान शेख र जनकपुर बोल्ट्सका विशाल सुस्लिङ टोलीमा परे। क्यानले बिहिबार सार्वजनिक गरेको टोलीमा विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जिसी, अर्जुन घर्ती मगर, दीपक डुम्रे, रुपेश सिंह, दिपेश कँडेल, अभिषेक तिवारी, विशाल सुस्लिङ, अभिषेक पाल र इमरान शेख छन्।

पाँच टोलीबीच हुने प्रतिस्पर्धाले नेपालका युवा खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्नेछ।

प्रकाशित: ९ मंसिर २०८३ १७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App