४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कांग्रेसमा पार्टी सङ्गठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी विधानअनुसार संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठन सहमतिमा गर्न सुझाव दिएका छन्।

ज्याकी चानसँग नेपाली फ्यान

बेइजिङमा अध्ययन नेपाली विद्यार्थीले हलिउड अभिनेता ज्याकी चानलाई भेटेका छन्। बेइजिङको पश्चिममा रहेको ओल्लो शान्षी प्रान्तको ताथोङमा आयोजित ज्याकी चान अन्तर्राष्ट्रिय एक्सन फिल्म अवार्डमा नेपालको प्रतिनिधित्व गरिरहेका राजु थामीले उनलाई भेट्ने मौका पाएका हुन्। ज्याकी चान अन्तर्राष्ट्रिय फ्यान क्लबको प्रतिनिधित्व गरेर अवार्डमा सहभागि थामी फिल्म क्षेत्रमा भने आवद्ध छैनन्। अभिनेता ज्याकी चानको फ्यान भएको दाबी गर्ने उनी सन् २०१९ मा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय फ्यान क्लबको भ्रमणमा सहभागि हुन छनोट भएका थिए।

निगमले ३६ हजारमै जापान उडाउने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३६ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने भएको छ।

कांग्रेस बैठक जारी

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टीको अन्तरिम संगठन र १४औं महाधिवेशनको कार्यतालिकाका विषयमा सदस्यले बोल्ने क्रम जारी रहेको छ।

सरकारले सर्लाही घटनाको सत्यतथ्य बाहिर नल्याएपछि संसद अवरुद्ध गर्नु पर्‍याेः खाँण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार तयार नभएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्नु परेको बताएका छन्।

राष्ट्र बैंकको निर्देशनलाई वाणिज्य बैंकहरूकाे बेवास्ता

नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पु-याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन्। नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा नेपालका वाणिज्य बैंकहरूले कृषिमा गत आवको जेठ मसान्तसम्ममा जम्मा ८.६ प्रतिशत मात्र कर्जा लगानी गरेको उल्लेख छ।

३६ हजारमै जापान उड्न पाइने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ। आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो।

भगौडा सैनिक बिक्रम गुरुङ जेल चलान

तत्कालिन शाही नेपाली सेनाबाट बिद्रोह गरि हतियारसहित माओवादीमा लागेका एक भगौडा सैनिक जेल चालन भएका छन्। सैनिक अदालतको फैसलापछि गोरखा आरुघाट गाउपालिका -७ का भगौडा सैनिक बिक्रम गुरुङ ‘शक्ति’ जेल चलान हुन् ।

मजिपाको ‘म सपनामा बाँच्न चाहन्छु’ बजारमा

नेपाली सांगीतिक ब्यान्ड मजिपाले पहिलो एल्बम ‘म सपनामा बाँच्न चाहन्छु’ सार्वजनिक गरेको छ। शनिबार ललितपुरस्थित मोक्षमा आयोजित कार्यक्रममा मजिपाको एल्बम ‘म सपनामा बाँच्न चाहन्छु’ लाई संगीतकार शिलाबहादुर मोक्तान, कुन्ती मोक्तान र मनोजकुमार केसीलगायतले संयुक्त रूपमा विमोचन गरेको थियो।

प्रक्रिया कि सहमतिबारे विवाद

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको आइतबारको बैठकमा बोल्दै सदस्यहरूले महासमितिबाट पारित नयाँ संविधानअनुसार प्रदेशदेखि वडा तहसम्मको संरचना निर्वाचनबाटै चयन गर्नुपर्ने धारणा राखेका छन्।

बाढीपहिरो पीडितलाई काँग्रेस सांसदको सहयोग

प्रदेश नम्बर ३ को नेपाली काँग्रेसका सांसदहरुले पाँच दिनको पारिश्रमिक(तलब) बाढी पहिरो पीडितहरुलाई सहयोग गरेका छन्। २१ जना सांसदको पारिश्रमिक एक लाख ६० हजार रुपैयाँको चेक आइतबार कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले मुख्यमन्त्री डोरमणि पौडेललाई प्रदान गरिन्।

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप : नेपाललाई चार स्वर्ण

नेपाली खेलाडीले थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ४ स्वर्ण जितेका छन्। विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेको टोली नेता बब्लु सिवाकोटीले जनाएका छन्। सुप्रिया बजगाईं र पूजा कुँवर फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पदक पक्का गरेका छन्। अरुण टमाटाले कांस्यमा चित्त बुझाए।

घाइते बालकलाई तरुण दलको सहयोग

नेपाल दरुण दल खोटाङले अगेनामा परेर आगोले पोलेर गम्भीर घाईते भएका पाँच महिने शिशुको उद्धार गरेको छ। अगेनामा परेर दुई हात र निधारमा गहिरो घाउ लागेका केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका शिशु प्रवीण राईलाई तरुण दलले १ लाख १३ हजार ३ सय ६५ रुपैयाँ सहयोग रकम जुटाएर उपचारका लागि काठमाडौं पठाएको हो।

विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराइयो

नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराएका छन्। अमेरिकाको वेस्ट भर्जिनियामा सम्पन्न २४ औं समारोहमा उनले नेपाल र विश्व स्काउट जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गरेका हुन्।

महाधिवेशनको मिति तोक्न कांग्रेस केन्द्रीय सदस्यहरुको दबाब

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको १४ औ महाधिवेशनको मिति निर्धारण गरि अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपुर्ण एजेण्डाको रुपमा छलफल हुदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्