४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पोर्चुगलमा खुल्याे नेपाली पाठशाला

पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन्। लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन्। विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन्। सदीक्षालाई नेपाली अक्षर कदेखि ज्ञसम्म लेख्नसमेत मुस्किल पर्छ। नेपाली बोल्न सक्ने उनलाई सजिलैसँग नेपाली पनि लेख्ने रहर छ।

‘अक्षरहरुको सगरमाथा’ सार्वजनिक

नेपाली साहित्यमा सक्रिय गजलकारहरुले संयुक्त रूपमा लेखेको ‘अक्षरहरुको सगरमाथा’ नामक गजल संग्रह सार्वजनिक भएको छ। शनिबार नुवाकोटको विदुरमा साहित्य संगम नुवाकोट र सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको विमोचन कार्यक्रममा १०५ जना गजलकारद्धारा लिखित ‘अक्षरहरुको सगरमाथा’ विमोचन गरिएको थियो।

नेपालको चुनौती समाप्त

सोफिया शाह कोरियामा जारी १८औं फिना विश्व च्याम्पियनसिपअन्तर्गत ५० मिटर फ्रिस्टायलको हिटचरणबाटै बाहिरिएपछि नेपालको चुनौती समाप्त भएका छन्।

रासायनिक मलको मौज्दात रित्तियो

किसानको माग बढी हुने बेला बाँकेमा रासायनिक मलको मौज्दात रित्तिएको छ। किसानलाई रासायनिक मल उपलब्ध गराउन नेपाल सरकारले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई जिम्मा दिँदै आएको छ।

'पारवहनका स्थलगत समस्या हटाउँछाैं'

नेपाल र भारतबीचको पारवहनमा विद्यमान चुनौती तथा व्यावहारिक समस्याका विषयमा शनिबार महासंघ सचिवालयमा बृहत् छलफल भयो।

समाजवादको पथमा फर्किन आग्रह

वैचारिक अगुवाका रूपमा चिनिने नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीका तीन नेताले नेपालका राजनीतिक दललाई समाजवादको पथमा फर्किन आग्रह गरेका छन्। कांग्रेस नेता प्रदीप गिरी, नेकपाका नेता घनश्याम भुषल र राम कार्कीले वीरगन्जमा एउटै मञ्चबाट समाजवादबारे विचार मन्थन गरेका हुन्।

राजपा केन्द्रीय समितिको बैठक एकपटक मात्र

राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको दुई वर्षमा जम्मा एकपटक मात्रै केन्द्रीय समितिको बैठक बसेको छ। त्यो पनि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रयोजनका लागि बसेको थियो। यसबाहेक केन्द्रीय समिति बैठक बस्न सकेको छैन। केन्द्रीय समितिको बैठक दुई वर्षदेखि बैठक बस्न नसकेपछि केही केन्द्रीय सदस्यहरू केन्द्रीय समितिको बैठक बोलाउन नेतृत्वलाई दबाब दिँदै आएका छन्। अध्यक्षमण्डलका सदस्यहरू भने बैठक बोलाउने विषयमा चासो राख्दैनन्। ‘

लिस्नर्स क्लब नेपालमा चन्द

लिस्नर्स क्लब नेपालको १४औं अधिवेशनले जनक चन्दको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। शनिबार काठमाडौंमा आयोजित वार्षिक साधारणसभाबाट दुर्गा पौडेल जुनु प्रथम उपाध्यक्ष, लक्ष्मी दाहाल द्वितीय उपाध्यक्ष, सुविद गुरागाई महासचिव, रामगोपाल सेढाई सचिव, विनिता कोइराला कोषाध्यक्ष तथा सुरज ढकाल, सागर पौडेल र आर्यन भुजेल सदस्यमा निर्वाचित भएका छन्।

अन्तरिम संरचनाका नाममा आन्तरिक दाउपेच

केन्द्रीय सदस्य रामकृष्ण यादवले संक्रमणकालीन व्यवस्थाअनुसारको संरचना निर्माण गर्न भन्दा पनि १४औं महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिएका थिए।

महाधिवेशन प्रतिनिधि विष्टलाई कारवाही

नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले महिला संघ डडेल्धुराकी महाधिवेशन प्रतिनिधि कमला विष्टलाई तीन वर्षका लागि साधारण सदस्यबाट निष्कासन गरेको छ। शुक्रबार संघको केन्द्रीय कार्यसमितिले विष्टलाई निष्कासित गरेको जनाएको हो। केन्द्रीय अध्यक्ष उमा रेग्मीद्वारा जारी विज्ञप्तिमा बिष्टलाई अनुशासनको कारवाही गरिएको उल्लेख छ।

दिल्लीमा नेपाली बालिकाको बलात्कारपछि हत्या, न्याय माग्दै सांसदले भेटे परराष्ट्रमन्त्री

भारतको राजधानी नयाँदिल्लीमा एक नेपाली बालिकाको बलात्कार प्रयासपछि हत्या गरिएको छ। बाजुराको बुढीगंगा नगरपालिका १ कुडी घर भएकी ९ वर्षीया बालिका लक्ष्मी चदाराको दिल्लीस्थित सक्कपुरमा गत शुक्रबार दिउँसो बलात्कारको प्रयासपछि हत्या गरिएको नयाँदिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश अधिकारीले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए।

‘निर्मलाकी आमालाई प्रभावमा पार्न प्रयास भयो’

नेपाल मानव अधिकार संगठनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्त प्रकरणमा समग्र अनुसन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ।

नेपालले चीनका १५ वटा विमानस्थल प्रयोग गर्न पाउने, हप्तामा ९८ उडान

नेपाल र चीनबीच शुक्रबार बेइजिङमा नयाँ हवाई सम्झौता भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डलले चीनमा नेपाली जहाजले हवाई उडानको सुविधा पाउने गरी नयाँ सम्झौता गरेको हो।

सडक सुरक्षा र लागू औषध नियन्त्रणमा प्रहरीको अभियान, आइजिपीले भनेः साथ दिनुस्

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले सडक सुरक्षा र लागू औषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्