४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार ?’

नेपाल विद्यार्थी संघले निर्मलाका लागि न्याय भन्दै शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ। कञ्चनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो।

मौद्रिक नीतिप्रति उद्योग परिसंघ सकारात्मक

नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले हालै जारी गरेको आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीतिले मुलुकको समग्र विकासलाई सघाउन पु-याउने आधार सिर्जना गरेको जनाएको छ।

लक्ष्यभन्दा पौने सात करोड बढी

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज लक्ष्यभन्दा माथि पुग्न सफल भएको छ। उक्त कार्यालय आर्थिक वर्ष ०७५/७६ मा लक्ष्यभन्दा पौने सात करोडभन्दा बढी राजस्व असुली गर्न सफल भएको हो।

पाइपबाट दैनिक ४० लाख लिटर डिजेल

नेपाल आयल निगमले आगामी महिना (अगस्ट)देखि दैनिक ४० लाख लिटर (चार हजार किलोलिटर) डिजेल पाइपबाट ल्याउने भएको छ।

नेपाल कठिन समूहमा

नेपाल एएफसी फुटसल च्याम्पियनसिप २०२० छनोटको कठिन समूहमा परेको छ। बिहीबार क्वालालाम्पुरमा भएको ड्रमा नेपाल सेन्ट्रल एन्ड साउथ जोनको समूह ए मा परेको हो। नेपालले समूह ‘ए’ मा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रदेश प्रहरीको सुपरीवेक्षण प्रजिअ र नेपाल प्रहरीले गर्ने

प्रदेश प्रहरी परिचालन गर्दा प्रमुख जिल्ला अधिकारीले प्रदेशको आन्तरिक मामिलासम्बन्धी विषय हेर्ने मन्त्रालयको सामान्य निर्देशन र नियन्त्रणमा रही काम गर्नुपर्नेछ। प्रदेश प्रहरीमा रहने पदनाम, पदसोपान तथा दज्र्यानी चिह्न नेपाल सरकारले तोकेबमोजिम हुनेछ।

पहिला महाधिवेशनको मिति तोक्न माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीको १४औं महाधिवेशनको मिति तय गर्नुपर्नेमा जोड दिएका छन्।

कांग्रेसले भन्यो: सरकार निर्मलालाई न्याय दिन लज्जास्पद ढंगले असफल

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार निर्मला पन्तलाई न्याय दिन असफल भएको निष्कर्ष निकालेको छ। निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको एक वर्ष पुग्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै कांग्रेसले गैह्र जिम्मेवार अभिव्यक्ति दिएर कर्तव्यबाट नभाग्न सचेत गराएको छ।

कांग्रेस बैठक १४औँ महाधिवेशनको कार्यतालिका केन्द्रित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा विधान बमोजिम सङ्गठनको अन्तरिम व्यवस्था गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल शुरु भएको छ।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः सुरु

नेपाली काँग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशनबारे औंपचारिक छलफल सुरु गरेको छ।

सरकारको काम, कारबाहीको समीक्षा गर्नुपर्ने बेला भएकाे छः नेता नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम, कार्वाहीको समीक्षा गर्नुपर्ने माग गरेका छन्।

जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिने व्यवस्था गर्न कांग्रेसको प्रस्ताव

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

नेपाली विमान : गन्तव्य पाउनै गाह्रो

गरिब छौँ, हेपिएका छौँ। युरोपमा बनेका विमान नेपाली हवाई कम्पनीहरूले सेवामा लगाएका छन्, तिनै जहाज युरोप उड्न पाउँदैनन्। युरोपेली राष्ट्रले नेपाली विमानहरूलाई कालो सूचीमा राखेको छ, जति प्रयास गर्दा पनि उडान अनुमति दिने कुरै गर्दैनन् र बेलाबेला त्यहाँबाट अध्ययन गर्ने नाउँमा टोली नेपाल आउँछन। उड्डयन प्राधिकरण सक्दो प्रयास गर्छ, तर आकाश खुला गर्ने कुनै संकेत छैन। यता एसियाली मुलुकहरूमा गन्तव्य बढाउने प्रयास नेपाल वायुसेवा निगमले गर्दै आएको छ, तर कुन गोप्य शत्रु लाग्छ– दक्षिण कोरियामा समेत उडान अनुमति पाउँदैन। जापानसँगको पुरानो नाताले गर्दा ओसाकासम्म उडान गर्न दिएको छ। यसो हिसाब गर्ने हो भने ओसाकाभन्दा नारिता निकै पायक पथ्र्याे।

‘निजी विद्यालयको शुल्कमा एकरुपता हुनुपर्छ’

नेपाली कांग्रेसका नेता तथा शिक्षाविद्हरुले निजी विद्यालयका शुल्कमा एकरुपता हुनुपर्नेमा जोड दिएका छन्।

‘डटर अफ नेपाल’ मा भूमिगत अस्मिताको कथा

भारतकी फिल्म मेकर सुरभी देवान अहिले नेपालमा डकुमेन्ट्री ‘डटर अफ नेपाल’ लिएर आएकी छिन्। सशस्त्र द्वन्द्वमा भूमिगत भएका अभिभावककी एकमात्र छोरी अस्मिताको कथामा आधारित ‘डटर अफ नेपाल’ नामक डकुमेन्ट्री राजधानीको विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ। सन् २००९ मा खिचिएको उक्त डकुमेन्ट्री मूख्य पात्र अस्मिता अर्थात मानुषी भट्टराई अहिले नेपाली राजनीतिमा आवद्ध छिन्। १० वर्षपछि पहिलो पटक नेपालमा प्रर्दशन भइरहेको डकुमेन्ट्री लिएर निर्देशक सुरभी र मानुषी राजधानीका विभिन्न स्थानमा पुगिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्