४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल कठिन समूहमा

काठमाडौं – नेपाल एएफसी फुटसल च्याम्पियनसिप २०२० छनोटको कठिन समूहमा परेको छ। बिहीबार क्वालालाम्पुरमा भएको ड्रमा नेपाल सेन्ट्रल एन्ड साउथ जोनको समूह ए मा परेको हो। नेपालले समूह ‘ए’ मा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

एएफसीले एीसयाका ३१ राष्ट्रलाई ६ समूहमा विभाजन गरेर खेलतालिका सार्वजनिक गरेको हो। सेन्ट्रल एन्ड साउथ जोनकै समूह ‘बी’ मा तुर्किमनिस्तान, किर्गिस्तान र इरान गरी ३ टोली छन्। यता इस्ट जोनको ७ र वेस्ट जोनको ९ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ।

सेन्ट्रल एन्ड साउथ जोनका दुवै समूहका विजेता र उपविजेताले २०२० मा तुर्कमेनिस्तानमा हुने अन्तिम चरणको टिकट पक्का गर्नेछन्। अन्तिम चरणमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने एएफसीले जनाएको छ।

 

प्रकाशित: १० श्रावण २०७६ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App