४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अर्थतन्त्रमा समस्या आउने संकेत

विगतमा एक वर्षभन्दा बढीको वस्तु तथा आयातलाई पुग्नेगरी विदेशी विनिमय सञ्चिति हुँदै आएको थियो। गत जेठसम्म यस्तो सञ्चिति आठ महिनालाई मात्र पुग्ने अवस्थामा छ।

सेवाग्राहीसँग घुस लिने नेपाल प्रहरीका दुई जना सई पक्राउ

सेवाग्राहीसँग १८ हजार घुस लिँदैं गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अझै जुटेन कांग्रेस नियमावलीमा सहमति

गुटगत रूपमा कांग्रेसमा तीव्र ध्रुवीकरण भइरहेका बेला नियमावली मस्यौदा समितिमा पनि त्यसको प्रभाव परेको छ। संस्थापन पक्ष पार्टीलाई आर्थिक रूपमा सम्पन्न बनाउन क्रियाशील सदस्यसँग लेबी उठाउने पक्षमा उभिएको छ। तर, असन्तुष्ट पक्ष पैसा नभएको व्यक्ति कांग्रेसको सदस्य हुनबाटै बञ्चित हुने भन्दै त्यसको विपक्षमा उभिएको छ।

तरलता व्यवस्थापनमा केन्द्रित मौद्रिक नीति: निजी क्षेत्र

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिप्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन्। राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सार्वजनिक गर्नुभएको उक्त नीति उद्योगी, व्यवसायी, बैंकर्सलगायत संस्थाका प्रतिनिधिले तरलता व्यवस्थापन, बिज मर्जर र व्याजदरको स्थायित्वमा केन्द्रित रहेको बताए।

‘यी हुन् नेपालसँग भारतको तीन स्वार्थ’ (भिडियाेसहित)

नेपालको पररष्ट्र नीति राष्ट्रबाट भन्दा पनि सत्ताबाट सञ्चालित भएको आरोप लगाएका छन्। नेपालले कामभन्दा बढी कुरा बढी गर्ने भन्दै उनले भने ‘पहिला नेपाललाई आर्थिक नाकाबन्दी लगाउँदा विश्वका सबैले बोल्थे तर अस्तिको नाकाबन्दीमा कोहि बोलेनन्। हाम्रो विपत्तिमा साथ दिएका छैनन् अरु देशले। वशिवले कसरी नेपाललाई हेरिरहेको छ भन्ने कुरा पनि बुझ्न जरुरी छ।’

गृहमन्त्री थापालाई संसदमै गगनको व्यंग्य

नेपाली कांग्रेसका नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापालाई व्यंग्य गरेका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा गगनले गृहमन्त्री थापाले निर्मला पन्त हत्या प्रकरणमा दिएको अभिव्यक्तिलाई लिएर व्यंग्य गरेका हुन्।

ट्रम्पलाई सम्झिँदै गगनले भनेः भारतीय बाँधले तराई डुब्यो, योपटक हामीले हल खोज्नैपर्छ

नेपाली कांग्रेसका नेता गगन थापाले तराई डुबानको हल खोज्ने बेला आएको बताएका छन्। देशभर साउन भदौमा निम्तिने विपदको तालिका बदल्न यसपटक संकल्प गर्नैपर्ने र सरकारले पहलकदमी लिनुपर्ने उनको भनाई छ।

गगन थापाले संसदमा भनेः सरकार देखिएन, भेटिएन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा सरकार गम्भीर नभएको बताएका छन्। प्रतिनिधिसभामा कांग्रेस नेता मीनेन्द्र रिजालले प्रस्तुत गरेको बाढीपहिरो सम्बन्धी जरुरी महत्वको प्रस्तावलाई समर्थन गर्दै नेता थापाले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकार नदेखिएको बताए।

बिपी र राष्ट्रियता

बिपीले कल्पना गरेका राष्ट्रियता, समाजवाद र प्रजातन्त्र अहिले पनि उत्तिकै सान्दर्भिक छ। बिपीको तस्बिरमा माला लगाउँदैमा उनीप्रति सम्मान ठहरिँदैन। उनको आदर्शलाई व्यवहारमा उतारेर अगाडि बढ्न सके मात्र उनको सच्चा सम्मान हुनेछ।

प्रहरीलाई चिनियाँ भाषा पढाइँदै (फोटो फिचर)

नेपाल प्रहरीका कर्मचारीलाई चिनियाँ भाषा पढाउन थालिएको छ। सरकारको ‘पर्यटन वर्ष २०२०’ लाई सफल बनाउन प्रहरी कर्मचारीलाई चिनियाँ भाषा पढाइएको हो।

काम सकिएपछि कोरियामा नबस्नुस: श्रममन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अवैधानिक भएर दक्षिण कोरियामा काम नगर्न नेपालीहरुलाई आग्रह गरेका छन्।

जगमान र सन्दुकलाई राष्ट्रिय गौरव सम्मान

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ र वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइत राष्ट्रिय गौरव सम्मानबाट सम्मानित भएका छन्। जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा एम्बिसन एकेडेमीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा दुई व्यत्तित्वहरूले नेपाली समाजमा पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय गौरव सम्मानबाट सम्मानित गरिएको थियो।

विश्वकप छनोटः पहिलो खेलमा नेपाल पराजित

सिंगापुरमा जारी आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ।

जर्जिया र नेपालका व्यवसायीबीच समझदारी

जर्जिया र नेपालका व्यवसायीका दुई संस्थाबीच लगानी, व्यापार र आर्थिक वृद्धि गर्ने समझदारी भएको छ। नेपाल चेम्बर अफ कमर्स र जर्जिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका पदाधिकारीबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

२३ कार्यकर्ता कांग्रेसबाट निष्कासन

नेपाली कांग्रेसले स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गर्ने २३ जना नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । त्यसमध्ये २० जना सोलुखुम्बुका परेका छन् । कांग्रेसको केन्द्रीय अनुशासन समितिले सोमबार २०७४ सालमा सम्पन्न तीनवटै निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै सोलुखुम्बुका २० सहित रौतहट र दैलेख जिल्लाका २३ जना नेता–कार्यकर्तालाई निष्कासन गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्