२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

बुटवल–पाल्पा सडक एकतर्फी रूपमा सुचारु

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको हिउँदे खोलामा माथिबाट लेदो सहितको पहिरो झर्नुका साथै सडक भासिएपछि दुई दिनदेखि सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडक डाइभर्सन गरी सडक खुलाएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ।

हराउँदै गयो जात्राको रौनक

हिजोआज भने पहिलेजसो जात्रा हेर्न जानेको उत्साह देखिँदैन। पाल्पामा देखाइने गाईजात्रा, रोपाइँजात्रा, बाघजात्रा लगायतका विभिन्न जात्रा देखाइन्छन्। विशेषगरी नेवार समुदायमा प्रचलित गाईजात्रा र रोपाइँजात्रा परापूर्वकालदेखि नै देखाउने गरिन्छ। अहिले भने संस्कृति धान्न जात्रा देखाउने चलन कायमै छ। तर अवलोकन गर्ने दर्शकहरु भने घट्दै गएका छन्।

लघुवामा बस दुर्घटना अपडेट: ६ मृतक र १६ घाइतेको पहिचान खुल्यो

रिब्दीकोट–२, लघुवा पाल्पामा यात्रु बहाक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। लु १ ख ५९५२ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका थिए।

किशोरी मृत्यु प्रकरणः होटलमा सँगै बसेका पूर्वप्रेमी प्रहरी नियन्त्रणमा

बुटवल गोलपार्कमा रहेको पाल्पाली होटलको एक कोठामा असार २५ गते बुटवल २ की समीक्षा गुरुङ झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका क्रममा प्रहरीले होटलमा उनीसँगै बसेका पूर्वप्रेमी बुटवल ३ का असीम श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। २० वर्षीय श्रेष्ठ समिक्षाका पूर्वप्रेमी रहेको र उनीहरु एक रात सो होटलमा सँगै बसेको अनुसन्धानबाट खुलेको छ।

खुल्यो पाल्पा-बुटवल सडक खण्ड

पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ। अविरल वर्षाका कारण पाल्पा खण्डको दोभानबाट सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो।

बुटवल-पाल्पा र बुटवल–नारायणगढ सडक अवरुद्ध

ठाउँ-ठाउँमा पहिरो खस्दा बुटवल-पाल्पा सडक अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै पहिरो झरेपछि आज विहानैदेखि सडक अवरुद्ध भएको हो।

पाल्पा-बुटवल सडकखण्डः टिपर चलाउन रोक

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ। डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १ गतेदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएको हो।

एक हजार आठ सय विद्यार्थीको मुटु परीक्षण

पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहको मुटु परीक्षण गरिएको छ। वडा नं १, ५ र ६ मा चलेको निःशुल्क मुटु परीक्षण शिविरमा एक हजार ८०० विद्यार्थीको मुटु परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताए।

बहिनी गाउँपालिका अध्यक्ष, दाई वडाध्यक्षको उम्मेदवार

पाल्पाको बगनासकाली गाउँपालिकामा स्थानीय निर्वाचन रोचक देखिएको छ। बगनासकाली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट एकै घरका दाजुबहिनी उम्मेदवार बनेका छन्।

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ।

सिद्धबाबा सुरुङमार्गको ठेक्का चाइना स्टेट कम्पनीलाई

सडक विभाग मातहतको गुणस्तर अनुसन्धान विकास केन्द्रले आइतबार सार्वजनिक सूचना जारी गर्दै सिद्धबाबा सुरुङमार्गको ठेक्का चाइना स्टेटले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रूपैयाँमा पाएको हो।

पाल्पा दरबार सङ्ग्रहालय विकास समितिमार्फत सञ्चालन हुने

पाल्पाको ऐतिहासिक सम्पदाका रुपमा पाल्पा दरबार सङ्ग्रहालयलाई लिइन्छ। यसअघि पाल्पा दरबार कर्मचारीको नेतृत्वमा रहे पनि अब विकास समितिमार्फत सञ्चालन गर्न लागिएको हो।

पाल्पा प्रशासनले आइतवारदेखि सेवा दिने

सङ्क्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि सेवा नियमित गर्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्