सोलुका सांसदले बुझाए प्रधानमन्त्रीलाई विकासका योजना
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यसमेत रहेका सोलुखुम्बुका सांसद हेमकुमार राई ‘सुरवीर’ले जिल्लाको समग्र विकासको खाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन्। नेकपाले केही समय अगाडि सांसदलाई जिल्ला गएर त्यहाँको समग्र विकास योजना लिएर आउन दिएको निर्देशनअनुसार बिहीबार सांसद राईले सोलुखुम्बु जिल्लाको समग्र योजना प्रधानमन्त्री ओलीलाई बुझाएका हुन्।