१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

ओली वंशको साधारणसभा प्रधानमन्त्री निवासमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा गरिएको छ।

तत्कालका लागि चिनी आयात रोकिन्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका चिनी मिलमा प्रशस्त चिनी मौज्दात भएकाले तत्कालका लागि चिनी आयात रोकिने बताएका छन्। उखु उत्पादक किसान सङ्घ र चिनी मिलका प्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले पाकिस्तानलगायत देशबाट सस्तो मूल्यमा आयात भएको चिनीसँग स्वदेशी चिनीले प्रतिष्पर्धा गर्न नसकेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बताए।

सरकार सुशासन र आर्थिक विकासमा केन्द्रित छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताएका छन्।  इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्स अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उनले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ गर्दैनौ भने।

दोब्बर काम गर्न कर्मचारीलाई प्रधानन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिएका छन्।

भारतका पूर्व प्रधानमन्त्री देवेगौडाले गरे पशुपति पुगेर पूजाआजा

भारतका पूर्व प्रधानमन्त्री तथा जनता दल (सेकुलर)का नेता एचडी देवेगौडाले पशुपति पुगेर पूजाआज गरेका छन्।

ओलीको षड्भाषिक ट्विट र त्रैभाषिक शिक्षा

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न छ भाषामा आफ्नो प्रतिबद्धता ट्विट गर्नुभयो। प्रधानमन्त्रीको यो ट्विट देशका सबै मातृभाषीहरूका लागि खुसीका साथै सुन्दर भविष्यको संकेतका रूपमा आएको छ।

संसदमा प्रधानमन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले सरकारका मन्त्रीहरुको संविधान उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे।

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। लामो समयदेखि रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसबारे निर्णय लिन परिषदका अध्यक्ष समेत रहेका ओलीले बुधबार दिउँसो २ बजेलाई बैठक बोलाएका हुन्।

सैन्य अभ्यास सहमति भएको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा वलीले हालै नेपालमा भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनका क्रममा कुनै पनि देशका सेनासँग संयुक्त रुपमा सैन्य अभ्यास गर्ने सहमति नभएको प्रस्ट पारेका छन्।

बादलमाथि मडारिन लागेको कालो बादल

अहिले अकस्मात र अत्यन्त नाटकीयशैलीमा गृहमन्त्री रामबहादुर थापा बादलमाथि सत्ताको अर्को कालो बादल मडारिन थालेको देखिँदैछ ।

३३ किलो सुन तस्करी प्रकरण : प्रधानमन्त्री कार्यालयमै थन्कियो प्रतिवेदन

बहुचर्चित ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान राजनीतिक दबाबमा रोकिएपछि थप अनुसन्धानको जिम्मेवारी कुनै पनि निकायले पाएका छैनन्।

बोर्ड छन्, परियोजना छैनन्

भरतपुर महानगरपालिका–१० को हस्पिटल रोडमा खारेजीमा परेको जिल्ला कृषि विकास कार्यालयको भवन छ । यहाँ कार्यालयको साइन बोर्डसँगै थप तीनवटा साना बोर्ड पनि राखिएका छन्।

संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्छ: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवस बनाउनुपर्ने बताएका छन्।

५० दिनमा पनि पुरिएनन् खाल्डा

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको ५० दिन बित्दा पनि चाबहिल–जोरपाटी सडकखण्डका खाल्डाखुल्डी पुरिएका छैनन्।

बिमस्टेक सम्मेलन : सदस्य राष्ट्रका प्रमुखलाई प्रधानमन्त्रीकाे रात्रिभोज

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रका प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिभोज दिएका छन्। आजदेखि काठमाडौंमा सुरु भएको बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका पाहुनालाई प्रधानमन्त्री ओलीले होटल ह्यात रिजेन्सीमा विहीबार साँझ रात्रिभोज दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्