२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल - भारत प्रवुद्ध विज्ञ समुहको बैठक काठमाडाैंमा

कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्षपछि पहिलो पटक नेपाल र भारत विज्ञ समुहको बैठक सुरु भएको छ। सोमबार राजधानीमा सुरु बैठकमा दुवै देशका प्रतिनिधिबीच दुई देशीय सम्बन्धबारे खुलेर बहस हुने भएको छ। यसअघि उच्च भ्रमणका बेला केही सन्धि–सम्झौताप्रति नेपालीपक्षले असन्तुष्टि जनाउँदै आएको भए पनि सम्बन्ध नै पुनरावलोकन गर्ने योजनासहित दुई देशका प्रतिनिधि एउटै टेबलमा बसेको इतिहासमै यो पहिलोपटक हो।

पञ्चेश्वर टार्दै भारत

काठमाडौं-पञ्चेश्वर विकास प्राधिकरण (पिडिए) को गभर्निङ बडी बैठक छल्न अनेकौं बहाना देखाउँदै आएको भारतीय पक्षले यसपालि पनि पुरानै प्रवृत्ति दोहोर्याएको छ।

अपहरण गरी भारत लैजाँदै गरेका युवकको उद्धार, अपहरणकारी पक्राउ

विराटनगर—अपहरणमा परेका एक युवकलाई प्रहरीले अपहरणमुक्त गर्नुका साथै दुई अपहरणकारीलाई पक्राउ गरेको छ। धनकुटाको छिन्ताङ–८ घर भई हाल सुनसरीको धरान–९मा डेरा लिई बसेका १९ वर्षीय युवक एमकुमार लम्जेललाई अपहरणमुक्त गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घरबाट भागेर भारत जानलागेका ३ किशोरको उद्दार

बैतडी– घरबाट भागेर भारत जानलागेका ३ किशोरलाई बैतडीको झुलाघाट नाकाबाट प्रहरीले उद्दार गरेको छ। आइतबार प्रहरीले सिमानाकामा सोधपुछ गर्दा भागेर भारत जान लागेको थाहा पाएपछि सीमा प्रहरीले उद्दार गरेको हो।

पिकअप पल्टिँदा एक भारतीयको मृत्यु

रौतहटमा पिकअप जीप पल्टेर किच्दा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। आइतवार बिहान तीन बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको ना २ च ९९६५ नम्बरको टाटा पिकअप जीप चन्द्रपुर नगरपालिका–६ सहिद पार्कमा पल्टिँदा भारतीय नागरिक धनन्जय साहको मृत्यु भएको हो।

भारतमा सडक दुर्घटनाबाट प्रतिघण्टा १७ जनाको मृत्यु

सडक दुर्घटनाका कारण भारतमा प्रत्येक एक घण्टामा कम्तीमा पनि १७ जना नागरिकको ज्यान जाने गर्छ । यसरी हरेक साढेतीन मिनेटमा एक जना भारतीयको मृत्यु सडक दुर्घटनाबाटै हुने गरेको छ । यो तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष करिब ४०० जनाले सडक दुर्घटनाबाटै ज्यान गुमाउने गर्छन् ।

नेपाल–भारत सम्बन्धको नयाँ अध्याय सुरुः राजदूत रे

नेपालका लागि भारतीय राजदूत रन्जित रेले नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि विगार्न नसक्ने बताएका छन्। दुईदेशबीचको सम्बन्ध अब नयाँ अध्यायबाट सुरु भएको उनको दाबी छ।

भारतको नाकाबन्दीले ४३ अर्ब २१ करोड बचत

काठमाडौं— नेपाल आयल निगमले चालु आर्थिक वर्षमा भारतबाट ४७ अर्ब ३७ करोड २० लाखको पेट्रोलियम पदार्थको आयात गरेको छ। गत वर्षभन्दा चालु आर्थिक वर्षको पहिलो १० महिनामा ४३ अर्ब २१ करोड २० लाख रुपैयाँको कम तेल आयात भएको हो।

‘बाँधजस्तो सडक’ विस्तार गर्दै भारत

सीमा क्षेत्रमा दसगजा मिचेर भारतले बनाएको सडकविरुद्ध बाँकेका स्थानीयले चर्को आवाज उठाइरहेका बेला राधापुरस्थित दसगजा क्षेत्रमा भारतले फेरि एकपक्षीय रूपमा सडक खन्न थालेको छ। भारतले सीमा क्षेत्रमा सडक विस्तार गरिरहँदा नेपाली सरकारी अधिकारी भने अहिलेसम्म मौन छन्।

दुर्घटना गराउने भारतीय चालकमाथि मुद्दा

मादकपदार्थ सेवन गरी सवारी चलाएको भन्दै एकजना भारतीय नागरिकलाई मङ्गलबार सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ ।

नेपाल–भारत सम्बन्ध सामान्य बन्दैछः पूर्वराजदूत उपाध्याय

भारतकालागि निवर्तमान नेपाली राजदूत दिपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतको सम्बन्ध सामान्य बन्दै गएको बताएका छन्।

भारतले नेपालमाथि नाकाबन्दी गरेकाे हाेइन: राजदूत रे

नेपालका लागि भारतीय राजदूत रायले भारतले नेपालमा शान्ति स्थिरता र विकास देख्न चाहेको बताएका छन्। उनले नेपाल र भारतबीचको सम्वन्ध पौराणिक कालदेखि प्रगाड रहँदै आएको बताए।

भारतले पिटिए उल्लंघन गर्याे

पाल–भारतबीच विद्युत व्यापार सम्झौता (पिटिए) भएको दुई वर्ष नपुग्दै भारतले यसको उल्लंघन गरेको छ । पिटिएमा दुई देशले स्वतन्त्र रुपमा विद्युत व्यापार गर्न पाउने उल्लेख भए पनि कानुनी अड्चन देखाउँदै कार्यान्वयन लत्याएको हो ।

भारतको चाहानामा चीन तगारो

युक्लियर सप्लायर्स सदस्य राष्ट्र बन्ने भारतको चाहाना चीनको विरोधको कारण तत्कालका लागि टरेको छ । शुक्रबार भएको बैठकले भारतले सदस्य बन्न गरेको आग्रहलाई प्रक्रिया पूरा नभएको भन्दै अस्विकार गरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्