२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जनताले तिरेको कर जनप्रतिनिधिको खल्तीमा

महानगरपालिकाले बितेका दुई आर्थिक वर्षमा जनप्रतिनिधि, कर्मचारी र पहुँचवालालाई उपचार खर्चका नाममा ६८ लाख्र रुपैयाँ गैरकानुनी रुपमा वितरण गरेको छ।

काठमाडौँ उपत्यकामा सवारीसाधन धोएर मात्र प्रवेश

सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ। सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ।

आन्दोलनकारी प्राध्यापक चाहिँदैन : ओली

प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले प्राज्ञिक स्थलमा कुनै पनि हिसाबले बन्दहडताल हुन नहुनेमा जोड दिएका छन्।

समाधान गर्न समिति गठन

मन्त्रिपरिषद् बैठकले महाकाली सिँचाइ आयोजनाको नहर निर्माणका लागि थप राष्ट्रिय वन क्षेत्र (२९.६० हेक्टर) जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।

काठमाडौंको फोहोर बरेडाँडामा राखिने

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि बञ्चरेडाँडामा ल्याण्डफिलड साइट निमार्णको काम भइरहेको छ। सिस्डोलमा फोहरले भरिएपछि धादिङ र नुवाटोटको बञ्चरेडाँडमा अहिले ल्याण्डफिलड साइट निमार्ण भइरहेको हो।

काठमाडौँ विश्वविद्यालयमा पुनः ताला

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेका छन्।

काठमाडौंको प्ले अफ सम्भावना कायमै

काठमाडौं र बुटवलको समान अंक भए पनि नेट रनरेटका आधारमा बुटवल पछि पर्दा काठमाडौं दोस्रो स्थानमा पुगेको हो।

काठमाडौंको बजारमा जुम्लाको जौँ

जुम्ला तातोपानी ६ का दलबहादुर खड्का यहाँको गाउँबस्तीमा जौँ खरिदमा लागेका छन्। २०७० सालदेखि जौँ को ब्यापार गर्न थालेका खड्का प्रत्येक वर्ष न्यूनतम २० देखि ४० मेट्रिकटनसम्म जौँ काठमाण्डौ पुुर्‍याउँछन्। उनले भने,‘ जौँ बाली यहाँको हेलाको बाली हो। तर काठमाण्डौँमा राम्रो मूल्यमा बिक्री भइरहेको छ।’ पहिलो वर्ष १८ टन जौँ काठमाण्डौँ पुर्‍याएपछि एक्कासी माग बढेको छ। उनले अहिलेसम्म दस टन जौँ खरिद गरेर पठाउने तयारीमा छन्।

केयुको २५औं दीक्षान्त आज

काठमाडौं विश्वविद्यालय (केयु) को २५औं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमअन्तर्गत शुक्रबार एक हजार ५ सय ४६ जना विद्यार्थी विभिन्न उपाधिबाट दीक्षित हुने भएका छन्। यसअघि पहिलो चरणमा मेडिकलतर्फका १ हजार ६ सय ४ जना दीक्षित भइसकेका छन्।

पीपीएल क्रिकेटमा काठमाडौँको पहिलो जीत

पर्यटकीय नगरी पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सले पहिलो जीत आफ्नो पक्षमा पारेको  छ।

अब भोक मेटाउनै सडकमा बस्नु नपर्ने

अब काठमाडौं महानगरपालिकाभित्र भोग मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ। महानगरपालिकाले यही मंसिर २९ गते २५औं महानगर दिवसका अवसरमा महानगरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषण गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै भोक मेटाउनकै लागि सडकमा बस्नुपर्ने बाध्यता अन्त्य हुन लागेको हो। यही मंसिर ३ गतेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।

साँढे १५ हजार स्वास्थ्य जनशक्ति उत्पादन गरेका छौँ

प्रा.डा. राजेन्द्र कोजू काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजका डिन हुन्। उनीसँग यो विश्वविद्यालय तथा उनी डिन रहेका निकायले मुलुकको स्वास्थ्य क्षेत्रमा पु-याएको योगदानबारे नागरिककर्मी मधुसुधन गुरागाईँले गरेका संक्षिप्त कुराकानी:

हिमालयको काठमाडौं–चाङ्सा सिधा उडान

निजी क्षेत्रको नेपाली वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले काठमाडौंबाट चीनको हुनान प्रान्तको राजधानी चाङ्सासम्म सिधा उडान सुरु गरेको छ।

अब भोक मेट्नकै लागि काठमाडौंका सडकमा भिख माग्दै हिड्नु नपर्ने

अब काठमाडौँ महानगरपालिकाभित्र भोग मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ। काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २९ गते २५औँ महानगर दिवसको दिन महानगरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषण गर्ने निर्णय गरेसँगै उक्त बाध्यताको अन्त्य हुन लागेको हो। यहीं मङ्सिर ३ गतेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्