१० मंसिर २०८१ सोमबार
image/svg+xml

चिया श्रमिक काममा फर्किंदै

आन्दोलनरत पूर्वका चिया श्रमिक र उद्योगीबीच न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन विषयमा सहमति जुटेको छ। श्रमिकका माग पूरा गर्न उद्योगी सहमत भएपछि श्रमिकले जारी राखेको ४३ दिनदेखिको आन्दोलनसमेत स्थगित भएको छ।

किसानलाई अझै सात अर्ब तिर्न बाँकी

समयमा किसानलाई भुक्तानी नदिएर अल्झाउँदै आएका चिनी उद्योगी र सरकारले यो वर्ष पनि अझै सात अर्ब रुपैयाँ दिएका छैनन्। उखु क्रसिङको सिजन सकिए पनि किसानले भुक्तानी पाएका छैनन्।

हामीलाई सरकारले सहयोग गर्दैन ?

जस्बिरेका चिया किसान तथा उद्योगी सरद सुब्बा सबेरदेखि अबेरसम्म उद्योगमा चिया प्रशोधका लागि खटिन्छन्। आफ्नै लगानीमा खुलेको उद्योगको मुख्य प्राविधिक आफैं रहेका सरदको मुख्य ध्यान नै तयारी चिया कसरी उच्च गुणस्तरको बनाउने भन्नेमा हुन्छ।

त्रिपुरासुन्दरीमा कर विवादः नगरपालिका र व्यापारीबीच जुहारी

यहाँको एक नगरपालिका र त्यस क्षेत्रका उद्योगी व्यापारीहरु वीच करको विषयलाई लिएर जुहारी चलेको छ। त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रभित्रका उद्योगी व्यापारीहरुले नगरले नगरवासी र व्यापारीलाई उपलब्ध गराउनुपर्ने सुविधा कुनैपनि नगराएको भन्दै नगरलाई कुनैपनि किसिमको व्यापारी कर नतिर्ने बताएका छन्। नगरपालिका भित्र स्वच्छ खानेपानी,भरपर्दो विद्युत, सञ्चार र समयमा स्वास्थ्य संस्थाहरुमा औषधी व्यवस्थालगायतको सुविधा र उद्योगी व्यापारी मैत्री कर प्रणाली नल्याएको भन्दै कुनैपनि किसिमको कर नगरलाई नतिर्ने बताएपछि नगर र व्यापारी बीच जुहारी चलेको हो।

ब्याजदर नौ प्रतिशतमा झार्न सुझाव

उद्योगी, व्यवसायीहरुले उत्पादन क्षेत्रमा प्रवाह गर्ने कर्जाको ब्याजदर नौ प्रतिशतमा झार्न सुझाव दिएका छन्। सरकारको सल्लाहकारको रुपमा रहेको नेपाल राष्ट्र बैंकले आगामी बजेटका लागि सरोकारवालासँग सुझाव संकलन गर्न बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उद्योगी, व्यवसायीले कर्जाको ब्याजदर एकल अंकमा झार्न आग्रह गरेका हुन्।

किसान ठग्दै चिनी उद्योग

वर्षौंदेखि उखुको मूल्य र भुक्तानी दुवैमा किसानलाई अल्झाइरहेका चिनी उद्योगीले चालु आर्थिक वर्षमा पनि करिब आठ अर्ब रुपैयाँ अझै भुक्तानी गरेका छैनन्। चिनीको मुख्य सिजन चाडपर्वको बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मूल्यमा झुक्याएर आयात रोक्न सफल भएका व्यवसायीले किसानलाई भुक्तानी दिन अल्झाइरहेका छन्। प्रधानमन्त्री ओलीले सोमबार नेपाल उद्योग परिषंघको कार्यक्रममा चिनी उद्योगीले आफूलाई झुक्काएको बताएका थिए।

आन्दोलन ‘कडा’ बनाउँदै चिया श्रमिक

आन्दोलनरत पूर्वका चिया श्रमिक र उद्योगीबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ। दुई पटकसम्मको वार्तामा श्रमिकको माग पूरा गर्न उद्योगी सहमत नभएपछि श्रमिक संगठनले आइतबार अझ ‘कडा’ आन्दोलनका कार्यक्रम घोषणा गर्दैछन्।

ट्रंक लाइनको ट्यारिफ बिलिङमा महासंघको आपत्ति

नेपाल विद्युत् प्रधिकरणबाट विद्युत संकलन विनियमावली २०७३ अनुसार विभिन्न उद्योगी व्यवसायीलाई गरिएको पत्राचार र जारी गरिएको बिलबाट उद्योग, व्यवसाय सञ्चालनमा ठूलो समस्या परेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।

ग्यास उद्योगीको आन्दोलन स्थगित

कमिसन वृद्धिलगायत १० बुँदे माग राखेर आन्दोलन सुरु गरेका ग्यास उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको रोहबरमा नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल आयल निगमबीच तीनबुँदे सहमति भएपछि उद्योगीले आन्दोलन स्थगित गरेका हुन्।

ग्यास उद्योगीद्वारा आन्दोलन स्थगित

कमिसन वृद्धिलगायत १० बुँदे माग राखेर आन्दोलन सुरु गरेका ग्यास उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।

‘ग्यास अभाव हुँदैन’

उद्योगहरुमा पर्याप्त खाना पकाउने ग्यास स्टक रहेकाले बजारमा अभाव नहुने नेपाल आयल निगम र ग्यास उद्योगीले बताएका छन्। ती निकायले हल्लाका पछि नलाग्न उपभोक्तालाई आग्रह पनि गरेका छन्।

ग्यास उद्योगीले आजदेखि पिडिओ नलिने

सरकार र नेपाल आयल निगम आफ्ना मागप्रति संवेदनहीन भएको आरोप लगाउँदै ग्यास उद्योगीले शुक्रबार (आज)बाट ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) नलिने भएका छन्।

ग्यास बिक्रि ठप्प पार्ने चेतावनी

आफ्ना समस्याप्रति सरकार र नेपाल आयल निगम संवेदनशील नभएको आरोप लगाउँदै ग्यास उद्योगीले आन्दोलन घोषणा गरेका छन्। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले सुनुवाई गरेको भन्दै उद्योगीले ग्यास बिक्री पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएका छन्। संघले १० बुँदे माग अघि सार्दै बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

पूर्व–पश्चिम राजमार्गमा चक्काजाम

चिनी उद्योगीबाट सधै पीडित बनेका उखु किसानलाई सरकारले समेत ठगेपछि उनीहरु सडक जाम गर्न उत्रिएका छन्।

घटाउन सकारात्मक

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले ब्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक रहेको बताएका छन्। राष्ट्र बैंकको विराटनगर कार्यालयले मंगलबार आयोजना गरेको कार्यशालामा सिवाकोटीले ब्याजदर घटाउनुपर्ने उद्योगीको मागप्रति राष्ट्र बैंक सकारात्मक रहेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्