२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विराटनगरमा चिकित्सक सम्मेलन हुने

आयोजक समितिका अध्यक्ष डा. फरवाड सिलवालले नेपाल भित्र र विदेशबाट गरी सम्मेलनमा एक हजार जना भन्दा बढी चिकित्सकहरू सहभागि हुने जानकारी दिए। सम्मेलनमा सहभागि हुने चिकित्सकहरूले आफूले गरेका अनुसन्धानहरू प्रस्तुत गर्ने सिलवालले बताए।

नेपाली काँग्रेसले राजनीतिलाई ठिक ठाउँमा पुर्‍यायोः उद्योगमन्त्री बडू

‘खतराबाट बाँचेका छौँ हामी। यो संविधान बाँचेको छ। यसलाई अझ बचाउनु पर्छ। त्यसकारण बन्यो गठबन्धन। त्यसकारण यो बन्नुपर्ने भइराखेको छ। हामी त प्रतिपक्षमा छँदै थियौँ। हामीले हो र भत्काएको यो? तर यो भत्किँदा मुलुकमा स्थिरताका लागि र संविधान खतरामा पर्‍यो है कहाँ छ काँग्रेस? भनेर खोज्नु परेन? फेरि लिड गर्‍यो।'

सांसदहरु दलको कब्जामा हुँदा कानुन निर्माणको काम भएनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

‘संघीय लोकतान्त्रिक गणतन्त्र अनुसार मुलुकमा रुपान्तरण भएन। जनताले अनुभूति गर्न सक्ने लेवलको काम पनि संसदबाट भएन। त्यसैले यो परिवर्तनको अनुभूति गर्ने विन्दुमा जसरी ऐनहरु आउनु पथ्र्यो, त्यसरी भएन। र, विकासमा सांसदहरुको रुचि हुनुपर्ने बाध्यता छ। त्यो बाध्यतालाई बुझ्न सकिन्छ। तर त्यो बाध्यतालाई हामीले संसदलाई गैर संसदीय क्रियाकलापमा त लग्दैनौं? हामीले सांसदहरुलाई गैर संसदीय बनाई राखेका छैनौं? मलाई यो डर छ।'

स्मार्ट बत्तीले बनायो कोटेश्वर-सूर्यविनायक सडक झिलिमिली

नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ।

पहिलो हाफमा अञ्जनले ह्याट्रिक गर्दा नेपाललाई अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा अञ्जन विष्टको ह्याट्रिकमा नेपालले अग्रता हासिल गरेकाे हो।

कोइराला पक्षका गतिविधिहरू अनुशासन बाहिर छ, कारबाहीको दायरामा ल्याइन्छ: प्रवक्ता महत

मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता डा. महतले पार्टीको अनुशासन र पद्धति विपरीतका भेला तथा संघर्षका कार्यक्रमहरू नगर्न संस्थापन इतरका नेताहरुलाई चेतावनी दिएका हुन्।

काँग्रेस पदाधिकारी बैठकमा समानुपातिकको नाममाथि छलफल गरिँदै

यसअघि समानुपातिक तर्फको सूचीमा पार्टीको संस्थापनइतरले विरोध जनाएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाइएको थियाे।

वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य छः मुख्यमन्त्री राई

पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार, नेपालीको संस्कार’ नारासहित आज विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को उपलक्ष्यमा प्रदेश नं १ का महत्वपूर्ण पर्यटकीयस्थल समेटिएको पुस्तकको विमोचन कार्यक्रममा पर्यटन क्षेत्रमा हुने लगानीले छिट्टै प्रतिफलको रुपमा विदेशी पर्यटक आगमन वृद्धि भइ विदेशी मुद्रा सञ्चित बढ्नुका साथै एवं रोजगारी सिर्जना गर्न सकिने।

फोनिजको प्रदेश स्तरीय तेस्रो प्रादेशिक भेला सुरु

असोज ११ देखि १३ गतेसम्म ताप्लेजुङको फुङलिङमा हुने ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर तीन महिने सुदृढीकरण अभियान अन्र्तगत प्रादेशिक भेला सुरु भएको हो। भेलाको उद्घाटन १ नं प्रदेशका उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले गरेका छन्।

हेल्थ असिस्टेन्ट संघ नेपालले बुझायो स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र

मंगलबार स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालले आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो।

टेलिशृङ्खला ‘हिजो आजका कुरा’ अब सिनेमा हलमा

दर्शकले ‘हिजो आजको कुरा’ हेर्ने इच्छा देखाउनु भएपछि अभिनेता पन्तले निजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा दुई वर्षसम्म एक सय १७ भाग प्रसारण गरे। लोकप्रियता नपाउँदा निजी टेलिभिजनसँगको यात्रा लामो भएन। सोह्र देखि १८ घन्टासम्म हुने विद्युत् भार कटौतीले यसलाई धेरै दर्शकसम्म पुग्न दिएको थिएन। अभिनेता पन्तले पुनः यसलाई सानो पर्दामा नभई ठूलो पर्दामा ल्याउँने तयारीमा जुटेका छन्।

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपमा आयोजना गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

बुटवलमा दशैँ सस्तो बजार सुरु

बुटवलको बजार विस्तारै स्थानान्तरण हुँदै गएको बताउँदै उनले बुटवलको गौरव र आकर्षलाई बढाउनको लागि स्थानीय तथा संघसंस्थाहरुले पनि सोच्ने बेला आएको बताए। बुटवललाई पर्यटकको आकर्षण केन्द्र बनाउन वडा नं. १ को पुरानो बुटवल (बटौली) लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले कामको थालनी गरेको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्