coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

विराटनगरमा चिकित्सक सम्मेलन हुने

नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन विराटनगरमा आयोजना गरिने भएको छ। नेपाल चिकित्सक संघ कोसी अञ्चल शाखाको आयोजनामा फागुन १८ गते देखि २० गतेसम्म विराटनगरमा चिकित्सक सम्मेलन आयोजना गर्न लागिएको आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।  

आयोजक समितिका अध्यक्ष डा. फरवाड सिलवालले नेपाल भित्र र विदेशबाट गरी सम्मेलनमा एक हजार जना भन्दा बढी चिकित्सकहरू सहभागि हुने  जानकारी दिए। सम्मेलनमा सहभागि हुने चिकित्सकहरूले आफूले गरेका अनुसन्धानहरू प्रस्तुत गर्ने सिलवालले बताए। 

यस्तै सम्मेलनमा  नेपालको स्वास्थ्य क्षेत्रको व्यवस्थापन र सवलिकरणका विषयमा पनि छलफल गरी स्वदेशी तथा विदेशी चिकित्सकहरूबाट सुझाव संकलन गरिने अयोजक समितिले जानएको छ। सम्मेलनको तयारीका लागि मूल आयोजक समिति र उप समितिहरू गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। 

प्रकाशित: ११ आश्विन २०७९ १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App