७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपाली काँग्रेसले राजनीतिलाई ठिक ठाउँमा पुर्‍यायोः उद्योगमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको बताएका छन्।

मंगलबार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावली लगायतका पर्वहरुको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले तत्कालीन सत्तारुढ पार्टीले दुई पटक संसद विघटन गरेर संविधानलाई मार्न खोजेकोले संविधानलाई बचाउनका लागि गठबन्धन भएको बताए। मुलुकको स्थिरताका लागि प्रतिपक्षमा रहेको काँग्रेसलाई खोजेर मुलुकको नेतृत्व दिनुपरेको उनले बताए। उनले काँग्रेस नेतृत्वको गठबन्धनले संविधानलाई बचाउने बताए।

उनले भने ‘खतराबाट बाँचेका छौँ हामी। यो संविधान बाँचेको छ। यसलाई अझ बचाउनु पर्छ। त्यसकारण बन्यो गठबन्धन। त्यसकारण यो बन्नुपर्ने भइराखेको छ। हामी त प्रतिपक्षमा छँदै थियौँ। हामीले हो र भत्काएको यो? तर यो भत्किँदा मुलुकमा स्थिरताका लागि र संविधान खतरामा पर्‍यो है कहाँ छ काँग्रेस? भनेर खोज्नु परेन? फेरि लिड गर्‍यो। र हामी बचाउँदै छौँ। हाम्रो नेतृत्वमा यो मुलुकको संघीय संसद, प्रादेशिक संसद तयार हुँदैछ। यो संविधान बाँच्छ। यो संविधान बचाउने लडाईं र संविधान समाप्त गर्नेहरुको बीचको एउटा जनमत बन्नसक्छ।’

उनले नेपाली काँग्रेसले राजनीतिलाई ठिक ठाउँमा पुर्‍याएको बताए। नेपाली काँग्रेस सबैलाई एकै ठाउँमा ल्याएर नेतृत्व गर्न सफल भएको पनि उनको भनाइ छ। 

प्रकाशित: ११ आश्विन २०७९ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App