जुम्ला–मनाङ सडकको काम तीव्र गतिमा हुँदै
जुम्ला सदरमुकाम खलङ्गादेखि डोल्पा हुँदै मनाङ र मुस्ताङसम्म जोड्ने सडकको काम तीव्रगतिमा अघि बढाइएको छ।
जुम्ला सदरमुकाम खलङ्गादेखि डोल्पा हुँदै मनाङ र मुस्ताङसम्म जोड्ने सडकको काम तीव्रगतिमा अघि बढाइएको छ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित छलपुनेरामा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ।
सिंजाकै बाचे बुढाको पनि ज्युलोमा अहिले पक्की घर ठडिने क्रम धमाधम बढिरहेको छ। १२ रोपनी ज्यूलो रहेको बुढाको अहिले १ रोपनीमा मात्रै खेती हुने गरेको छ।
जुम्लाको सिंजामा ऐतिहासिक केदारनाथ मेला भव्य रुपमा मनाइने तयारी गरिएकाे छ।
जुम्लाको तातोपानी गाउँपालिका-२ डागीवाडा गाउँका रामबहादुर रावललाई यतिबेला आफ्नो बगैंचाको स्याउ टिप्न भ्याईनभ्याई छ।
जुम्लाको गुठिचौर गाउँपालिकाभित्र मदिरा खान लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ। कार्यविधि बनाएर गाउँपालिकाले तोकिएको मापदण्ड पूरा गरेपछि मात्र बिक्रीवितरण, ओसारपसार तथा सेवन गर्न पाउने प्रमाणपत्र (लाइसेन्स) दिनुपर्ने व्यवस्था गरेको हो।
कर्णाली प्रदेशस्थित चार जिल्लाका भेडा तथा च्याङ्ग्रा किसानहरूले गोठालो भत्ता पाएका छन्। प्रदेश सरकारले कार्यविधि बनाएर गोठालो भत्ता कार्यक्रम बनाएको थियो। मापदण्डमा परेको कर्णालीका ४ सय ३७ किसानले ‘गोठालो भत्ता’ पाएका हुन्।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्तनपान शिक्षा सुरु भएको छ।
भारतको केदारनाथमा बिहीबार राति गएको पहिरोमा परी एकै घरका ७ जना सहित एकै गाउँका ९ जना बेपत्ता भएपछि जुम्लाको पातारासी गाउँ पाउपालिका ३ चौरगाउँ यति बेला शोकमा डुबेको छ। गाउँका हरेक घर आँगनमा बसेर स्थानीय घटनाको दुः खना पोखिरहेका छन्। गाउँमा बच्चा देखि वृद्ध सम्मका आँखा ओभानो देखिँदैनन्।त्यो चौर गाउँमा कामका लागि भारत गएकाहरू कहिल्यै पनि बाढी पहिरोमा परेका थिएनन्।
जुम्लाको स्याउ जिल्ला बाहिर पठाउन सम्बन्धित निकायको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ।
जुम्लाका आठवटै स्थानीय तहमा फैलिएको लम्पी स्किन रोगले यहाँका तीन सय ६५ पशुचौपाया मरेका छन्। पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण तीन सय बढी पशुहरु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाले जानकारी दिए।
जुम्लाको सदरमुकाम अवस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रामा नुन रहेको बताइएको छ।
जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा भएका आगजनीमा संलग्न भएको आशङ्कामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।
जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ।
जुम्लाको गुठीचौर गाउँपालिकाका- ४ मा विभिन्न ७ वटा घरहरुमा आगजनी गरिएको छ। उक्त घरहरु अज्ञात समूहले आगजनी गरेको हो।