१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जुम्लाको स्याउ बाहिरी जिल्ला पठाउन सिफारिस अनिवार्य

क्याप्श

जुम्लाको स्याउ जिल्ला बाहिर पठाउन सम्बन्धित निकायको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ।

अपरिपक्व अवस्थामै जुम्लाको स्याउ दिनदिनै बाहिर निर्यात भएपछि परिपक्वता भएको स्याउ लिनुपर्ने र जुम्ली स्याउको साग बचाउन भन्दै सम्बन्धित निकायको सिफारिस अनिवार्य लिनुपर्ने गरिएको हो।

बुधबार जुम्लामा कृषि विकास कार्यालय जुम्लाद्वारा आयोजित स्याउको बजारीकरण विषयक छलफल  कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरुले यस्तो निर्णय गरेका हुन्।

साउनमा पाक्ने गाला, चक्लेटी जात लगायतका स्याउका लागि कृषि विकास कार्यालय तथा सम्बन्धित गाउँपालिका अन्तर्गतको कृषि शाखाको सिफारिसका आधारमा मात्रै निर्यात हुनेछ भने डेलिसियस,रेड डेलिसियस लगायतका जातका स्याउका लागि आउँदो भदौ १० गतेपछि प्राविधिकहरुको सिफारिसका आधारमा मात्रै टिप्न र निर्यात गर्न पाइने निर्णय भएको छ।

पूर्ण रुपमा पाकेको, परिक्क भएको, रंग, गुलियो भरिएको स्याउ कृषि प्रविधि,कृषि कार्यालयको सिफारिसका आधारमा मात्र स्याउ व्यापारीले जिल्ला बाहिर लिन पाउने निर्णय भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख शेर बहादुर भण्डारीले बताए।

जुम्लाको नाममा कालिकोटको स्याउ बेच्ने गरेको जनगुनासो आएकोले काँचो स्याउको निर्यातमा कटाईन गर्न कालिकोट प्रशासनलाई समेत अनुरोध गर्ने निर्णय गरेको छ। केही दिन अघि जुम्लाको काँचो स्याउ जिल्ला बाहिर निर्यात भई खुल्लाम विक्री भईरकेको समाचार एकाएक आएपछि जुम्लाका सम्बन्धित सरोकारवालाले यस्ता निर्णय गर्न बाध्य भएका हुन्। तर, यस्तै निर्णय अघिल्ला वर्षहरुमा पनि नभएको होइन, स्याउ किसान र व्यापारीको व्यवहारमा परिवर्तन हुन जरुरत छ।

निर्णय काजमा मात्रै सीमित हुने हुँदा यस्ता बकम्फुसे निर्णय प्रति आजित भएको जुम्लाका स्थानीय बताउँछन्। जुम्लामा ४ हजार २ सय ५० हेक्टरमा स्याउ खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा छ।

प्रकाशित: १७ श्रावण २०८० १६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App