१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अज्ञात समूहद्वारा जुम्ला गुठीचौरका ७ घरमा आगजनी

खल्लाबडामा आगजनी भएकाे कविदत्त न्यौपानेको घर। तस्बिरः गाेल्डेन बुढा।

जुम्लाको गुठीचौर गाउँपालिकाका- ४ मा विभिन्न ७ वटा घरहरुमा आगजनी गरिएको छ। उक्त घरहरु अज्ञात समूहले आगजनी गरेको हो। विभिन्न गाउँका गरि ७ वटा घरहरुमा आगो लगाइएको सोही वडाका वडा अध्यक्ष टिकादत्त न्यौपानेले बताए। उनका अनुसार धवलपुर गाउँका प्रेमप्रसाद न्यौपाने र खडान्द पाण्डेको घर, बाउली गाउँमा कविदत्त न्यौपानेको घर, खल्लाबfडामा कविदत्त न्यौपानेको घर, खल्लाबfडामा लालचन्द्र सार्कीको घर र बिगारे गाउँमा भिम प्रसाद जैशीको घरमा अज्ञात समूहले आगजनी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार सबैभन्दा धेरै डाँडाबाडाका कविदत्त न्यौपानेको घरमा क्षति भएको छ। उनले भने गएराति अन्दाजी साढे २ वजे देखि आगजनी गरि हिड्दै गरेको अनुमान गरिएको छ। आगो लगाउने बित्तिकै थाहा पाउँदा अधिकांश घरहरु क्षति हुन जोगिएका छन्। उनले भने, 'अज्ञात समूहबाट घरको चुक्कुल लगाएर, पेट्रोल छर्केर आगो लगाइएको छ।'

आगो लगाइएको कुरा थाहा पाउने वित्तिकै जिल्लाबाट प्रहरीको टोली खटाइएको जुम्लाका डीएसपी प्रह्लाद कार्कीले बताए। 'विभिन्न गाउँका घरहरुमा आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी खटाइएको छ,' उनले भने, 'प्रहरी घटना स्थलमै छ। गुठिचौर गाउँपालिका नजिकैको झारज्वला प्रहरी चौकीका प्रहरी पनि समयमै पुगेको थियोे, के कति क्षति भएको छ थाहा पाउन सकिएको छैन।'

गुठीचौरमा दिनदिनै घटनाहरु बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौति थपिएको स्थानीयहरु बताउँछन्। यस्तै जुम्लाको चन्दननाथ नगरपालिका-१ डुढाखोच भन्ने ठाउँमा रतन बहादुर बुढाको घरमा पनि आगजनी गरिएको छ। ्तै गुठिचौर गाउँपालिकाको-५ मा पर्ने धितागाउँमा पनि पार्किङ गरि राखेको ट्याक्टरमा समेत आगो लगाइएको छ। रारातेन्जिङ कन्ट्रक्सन प्रालिको लु ५ त १२४४ नम्बर ट्याक्टरमा आगजनी गरिएको प्रहरीले जनाएकाे छ।

प्रकाशित: ६ श्रावण २०८० ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App