२ मंसिर २०८१ आइतबार
image/svg+xml

ममाथि सिंगो पार्टीको जिम्मेवारी छ, कहाँबाट लड्ने अध्ययनमा छुः रवि लामिछाने

‘हामीले प्रदेशसभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन्। यद्यपि केही समस्या पनि देखिएका छन्। तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं। त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं।’

कार्यदलले शीर्ष नेतासँग परामर्श गर्ने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूसँग परामर्श गर्ने भएका छन्।

लुम्बिनी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

सत्तारुढ गठबन्धनले हालसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने

माओवादी केन्द्रको चुनाव चिन्ह हसिया र हतौडाबाट चुनाव लडने सहमति गरेको बाबुराम भट्टराई र वामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतिमा पुग्ने।

बागमती सरकार डिजिटल युगमा प्रवेश गर्दैछ: मुख्यमन्त्री पाण्डे

बुधवार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री भुषालले प्राधिकरणले विद्युतीय चुल्होको प्रयोग बढाउँदै लैजाने योजनालाई प्रभावकारी ढङगबाट अघि बढाउनुपर्ने बताइन्।

दलहरुको मत विभेदका कारण प्रदेश १ को नामाकरण टुंगिन सकेनः प्रदेश सभामुख

उनले पार्टीहरुका आफ्ना–आफ्ना अडान र नेताहरुको केन्द्रिकृत भावनाले प्रदेशको नामाकरण हुन नसकेको बताए। उनले प्रदेश संसदले प्रदेशको नामाकरणका लागि दलहरुबीचमा छलफल गराएपनि त्यो सहमति बन्न नसकेको बताए।

बागमती प्रदेशमा दुई अध्यादेश जारी

ती अध्यादेश प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ र स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ हुन्।

जबरजस्ती ‘टुरिस्ट’ बनाउन खोजेः सांसद राई

‘संसदीय चुनावमा भोट माग्दै जाँदा एक ठाउँमा फ्याट्टै पाहुना नेता भनेर खिसी गरे’ उनले विगतको घटना स्मरण गरे ‘मलाई नमिठो लाग्यो, चुनाव जितेपछि तपाईंहरुसँगै करेसा जोडेर बस्छु भनेँ। नभन्दै चुनाव जितेलगत्तै कटारीमा जमिन किनेर झुप्रो घर हालिहालेँ।

नवौं राष्ट्रिय खेलकुदः भदौ २० भित्र प्रदेश छनोट गरिसक्ने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी खेलकुद परिषद्ले ७ गतेदेखि १२ गतेभित्रमा जिल्ला छनोट गरिसक्न निर्देशन गरेको छ। जिल्ला छनोट भएका खेलाडीलाई परिषद्ले १५ गतेदेखि १९ गतेभित्रमा छनोट गर्नेछ। केही खेललाई परिषद्ले विशेष प्रशिक्षणमा राखेपछि प्रदेश छनोट गर्ने टुंग्याउने छ।

रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्री राईको आग्रह

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएको छ।

प्रदेश १ र बागमती प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

बागमती प्रदेशमा सञ्चार कानून संशोधनः सञ्चारमाध्यमका सञ्चालकलाई कैद सजाय नहुने

‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐनमा रहेका त्रुटी मध्ये केही सच्चिएका छन्। केही त्रुटी अझै छन्। संशोधित ऐनमा केही व्यवस्था नमिलेका देखिन्छन्। त्यस्ता नमिलेका विषयलाई आगामी दिनमा मिलाउँदै लैजानु पर्ने हुन्छ’ सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले भने ‘अभ्यास गर्दै जाने क्रममा ऐन नियम संशोधन गर्दै जानु पर्ने हुन्छ। अभ्यासले नै कानूनलाई परिपक्व बनाउने हो।’

आउँदो निर्वाचनका लागि ताप्लेजुङमा नयाँ मतदाता निर्णायक

२०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा यहाँ ७८ हजार ३ सय ९७ मतदाता थिए। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन सम्ममा ८९ हजार ६ सय ८० मतदाता कायम भएका छन्। २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाम गठबन्धनमार्फत चुनावी समीकरणमा उत्रिँदा नेपाली काँग्रेसले एक्लै चुनाव लडेको थियो। प्रतिनिधिको १ तथा प्रदेशसभाको २ निर्वाचन क्षेत्र रहेको यहाँ उतिबेला प्रत्यक्षतर्फ बाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका थिए।

दल दर्ता गर्ने म्याद आज सकिंदै,प्रचण्ड र बाबुरामले संयुक्त दल दर्ता गर्ने

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने म्याद आज सकिंदै छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिब १० अर्ब लाग्ने अनुमान

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्