२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कार्यकर्ता तान्न ओली–नेपाल होडबाजी

ओलीले केन्द्रीय समितिमा रिक्त ५५ सदस्यमा तत्कालीन वरिष्ठ नेता नेपाल पक्षका नेताहरूमध्येबाटै राख्ने भएका छन्। २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जना नेकपा एस मा लागेपछि ती पद रिक्त भएका हुन्। खाली स्थानमा विगतमा नेपाल खेमामा रहेका नेताहरूलाई मनोनयन गरिने भएपछि धेरै नेता नेकपा एस मा नजाने आकलन गरिएको छ।

सभामुखविरुद्ध ओली सर्वोच्चमा

पार्टीले कारबाही गरिसकेका सदस्यको हस्ताक्षरलाई मान्यता दिएर निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्नु कानुनविपरीत भएको दाबी रिटमा गरिएको छ। ओलीले एकैसाथ तीनवटा रिट दर्ता गराएका छन्।

सभामुख सापकोटा राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भीरबाट हिँडे : ओली

अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भीरबाट हिँडेको समेत बताए।

जसजसको गठबन्धन बने पनि एमाले एक्लै लड्छ: ओली

अध्यक्ष ओलीले भने, ‘एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा छ, कसैले नचिताए हुन्छ। एकएक दर्जन मान्छे भएका १० पार्टी मिल्दा कति हुन्छ ? १० दर्जन नै त भए होला नि होइन ? अरू सबै जोड्दा पनि एमालेको कम्मरकम्मर मात्रै आउने हुन्।’

वाग्मती प्रदेश सरकार: पूर्णता नपाउँदै धरापमा

संघीय प्रतिनिधिसभाको निर्वाचनमा यी दुवैलाई टिकट नदिएर मुख्यमन्त्री बनाउने भन्दै प्रदेशसभा निर्वाचनमा टिकट दिइएको थियो। नेपाल खेमामा रहेका दुवैले चुनाव जिते। चुनाव जितेपछि अध्यक्ष ओलीकै प्रत्यक्ष दबाबमा उनीहरूलाई प्रदेशसभा संसदीय दलको नेतामा सर्वसम्मत हुन नदिई निर्वाचन गरेर हराइयो।

केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुट्योः अध्यक्ष ओली

बिहीबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुटेको बताएका हुन्।

अझै पार्टीको नेतृत्व गर्ने ओलीकाे संकेत

‘म स्वाभाविक रुपमा अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रयास गर्छु। अर्को व्यवस्था नभएसम्म वा कसैले चुनौती नदिएको अवस्थासम्म अध्यक्ष हुन्छु।’

१४ जनामाथि मात्रै कारबाही किन?

सांसदले चाहँदा प्रतिनिधिसभामा राजीनामा बुझाउने हो। सभामुख यो राजीनामाको जानकारी प्रतिनिधिसभामा गराइदिने बाहकमात्र हो।

पुरानो संरचना ब्युँताउन ओली सहमत, नेपाल नफर्किने

विगतमा कठोर देखिएका ओली माधव नेपाल नयाँ पार्टी खोल्न अघि बढेपछि यति बेला १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न र विगतका कमिटी ब्युँताउन सहमत भएका छन्।

एमाले एकताको अस्त्र : १० बुँदे सहमति

नेकपा (एमाले)भित्रको विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र मध्यमार्गीधारमा रहेका स्थायी कमिटीका सदस्यको नयाँ समझदारी पछि सो पार्टीका केन्द्रीय सदस्य मनकुमारी केसीले आफ्नो भावना यसरी व्यक्त गरिन्, “एकताका लागि लाग्ने अविचलित यात्रीहरूमा धन्यवाद र बाधाई।” नेतृ केसीले केहीदिन अघि गृहजिल्ला बाग्लुङको गल्कोटस्तरीय भेलामा विवादित दुवै पक्षलाई उपस्थिति गराएर एकताको पहल पनि गरेकी थिइन्।

एमाले अध्यक्ष ओली र भाजपा नेताबीच भेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।

ओली १० बुँदेमा लचक हुने सम्भावना कम

एमाले एकताको सम्भावना खोजी गरिरहेका एमाले उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायतका नेताले एमालेभित्र अझै पनि एकता हुन्छ भनिरहेका बेला ओलीले उनीहरूको माग र अडानमा खासै चासो दिएका छैनन्।

अध्यक्ष ओलीद्वारा शेरचनप्रति श्रद्धाञ्जली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सञ्चार उद्यमी एवं तत्कालीन संविधान सभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

एमाले एकता संकटमा: नयाँ दल दर्ता तयारीमा नेता नेपाल

ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ। पार्टी विभाजन रोक्न मंगलबार साँझ ३० जना केन्द्रीय सदस्यले आन्तरिक छलफल गरे। नेता नेपाल पनि ओली एकताका लागि तयार भए दल विभाजन गर्ने पक्षमा छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्