२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दल विभाजन सम्बन्धी विधेयकविरुद्ध युवा संघको विरोध प्रदर्शन

युवासंघ नेपालले नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गर, विदेशी दलाल शेरबहादुर देउवा मुर्दावाद जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन्।

केपी ओलीको कदम पार्टी विभाजन गर्ने प्लान र प्रयत्नमा छ: नेपाल पक्ष

उनीहरुले केपी ओलीको कदम पार्टी विभाजन गर्ने प्लान र प्रयत्नमा भएको बताउँदै तत्काल निर्णय फिर्ता नलिए आफूहरु जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएका छन्।

एमालेमा विद्रोहको तयारीः नेता नेपालद्वारा केन्द्रीय सदस्यसँग अलगअलग परामर्श

अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले अघि बढ्न विधान संशोधनलगायतका प्रक्रिया सुरु गरेपछि नेपाल पक्षले देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै विद्रोहको तयारी गरेको हो।

ओली आरोप, आक्रोश र अपेक्षा

ओलीले आफूले सरकारको नेतृत्व गर्दा गरेका कमीकमजोरी ढाकछोप गर्दै गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले अब १५ महिना सरकार चलाउने, त्यसपछि आफू नै शक्तिमा आउने बताए। उनले सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेका प्रति असन्तुष्टि पोख्दै यसबाट सुकुमबासीको घाँटी सेर्ने काम भएको बताए।

'केपी ओली भ्रष्टाचारका महानायक हुन्'

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद रायमाझीले संसदलाई विघटन गर्ने भ्रष्टाचाका महानायक केपी शर्मा ओली भएको आरोप लगाएका हुन्। उनले २ वर्षसम्म केपी ओलीको सरकारलाई कुनै प्रतिक्रिया नजनाइ समर्थन गरेको बताए।

प्रधानमन्त्रीलाई ओलीकाे प्रश्नः एमसिसि के गर्ने?

‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू के गर्नुहुन्छ एमसिसि?,’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दैउनले भने, ‘तपाई त एकदम बजबुत प्रधानमन्त्री हुनुहुन्छ। तपाईको साथमा १६५ जना छन्। अरू कसैको साथ चाहिन्न। त्यो जत्थाले के भन्छ। एमसिसी पास गर्ने कि नगर्ने?’

म प्रधामन्त्री बन्न जन्मिएको हाेइनः अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्नका लागि नभएर देशको सेवा गर्नका लागि जन्मिएको बताएका छन्।

अर्थमन्त्रीले संसद्‌मा श्‍वेतपत्र प्रस्तुत गर्दै, ओलीले पनि सम्बोधन गर्ने

मंगलबार बस्‍ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले श्‍वेतपत्र प्रस्तुत गर्दैछन्। यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यसूची बनेको छ।

ओलीको एकलौटीले एमाले एकता झनै टाढा

अध्यक्ष ओलीले पार्टीका सबै गतिविधि एकलौटी रूपमा अघि बढाउँदा नेपाल समूह अब आफ्ना लागि एमालेमा ढोका बन्द भएको अर्थ निकाल्दैछ।

नेपाल पक्षको बैठक: नेतृत्वलाई आत्मालोचना गर्न माग

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि नेतृत्वले आत्मालोचना गर्नुपर्नेमा जोड दिइएको छ।

ओली-नेपालबीच संवादको तयारी: अधिकार बाँडफाँटबारे छलफल चल्दै

संविधान त एमालेको महाधिवेशन चाँडै गर्नुपर्छ आगमी माघभित्र महाधिवेशन गर्नुपर्ने भएकाले संयुक्त हस्ताक्षरको विषय पनि गौण हुनसक्छ भावनात्मक विषय त हुनसक्ला तर त्यसको अर्थ रहन्न। खासगरी महाधिवेशनसम्म दुवै पक्षका नेता कार्यकर्तालाई अन्याय नहोस् भन्नेबारेमै सचेत रहनेगरी अघि बढ्ने हो।

एमाले अध्यक्ष ओलीको दावीः अबको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौं

'अबको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौं। किनभने पार्टीमा खुट्टा तान्ने तत्वहरु छैनन्। अगाडि बढ्न खोज्यो, खुट्टा तान्ने, उम्मेदवार बनाउन खोज्यो नजित्नेलाई अघि सार्ने, जो पार्टीप्रति समर्पित छैन उसलाई उम्मेदवारको रुपमा अघि सार्नु पर्छ भन्ने,' उनले भने,'अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछिपछि कुद्ने छन् नि, यस्ता तत्वहरु नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ।'

प्रतिक्रियावादीसँग मिलेर आफ्नै सरकार ढालियो: ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीसँग मिलेर आफ्नै सरकार ढालेको बताएका छन्।

ओली नरम हुँदा नेपाल कडा

नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान नभएको बताएका थिए। त्यसको एक सातापछि उनी ‘आममाफी’ दिने तहमा आइपुगेका छन्।

मन्त्रिपरिषद् नियुक्ति बदरमा प्रधानमन्त्रीको असन्तुष्टि

‘व्यक्ति र परिवेशमा आधारित भई संवैधानिक कानुनका सीमाबाहिर गई आदेश जारी हुँदा अन्ततः त्यसले न्यायपालिकालाई नै कमजोर बनाउँछ,’ प्रधानमन्त्रीको जवाफमा भनिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्