१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै डा. केसीको १४ औं अनशन

चिकित्शा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी पुन अनशन बस्ने भएका छन्। डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै १४ औं पटक अनशन बस्न लागेका हुन्।

प्रधानन्यायाधीश पराजुलीद्धारा लण्डनमा सर्वसाधारणलाई टिका

पहिलो पटक वेलायत भ्रमणमा रहेका प्रधानन्यायाधीश गोपाल पराजुलीले बडादशैँ—२०७४ को अवसरमा लण्डनमा सर्वसाधारणलाई टिका लगाइदिएका छन्।

सम्माननीय प्रधानन्यायाधीशलाई सुझाव

पछिल्लो चरणमा कतिपय न्यायाधीशमा अध्ययन कम हुँदै गएका उदाहरण बाक्लै भेटिन थालेका छन्। जस्तो– कुनै कार्य गर्नमा रोक लगाउन प्रतिषेध जारी गरिनुपर्नेमा परमादेश जारी भएका छन्। प्रमाण ऐन, २०३१ को दफा २ (झ) भनेर लेखिन्छ। प्रमाण ऐनमा त्यो दफा नै छैन।

प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस

प्रधानन्यायाधीश सुशीला कार्कीको अवकास पछि रिक्त रहेको पदमा न्यायापरिषद् सचिवालय वैठकले ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेको छ।

कामु प्रधानन्यायाधीश पराजुलीद्वारा काम सुरु

वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले आजदेखि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको काम सुरु गरेका छन्।

पराजुली कामु प्रधानन्यायाधीश

सर्वोच्च अदालतमा मंगलबारदेखि गोपाल पराजुलीले कामु प्रधानन्यायाधीशको हैसियतमा कार्यभार सम्हाल्ने भएका छन्।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढाउन निवेदन

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव संसदीय प्रक्रियामा अगाडि नबढाउन निवेदन दिएका छन्।

राष्ट्रपति भेट्न प्रधानन्यायाधीश शीतल निवासमा

प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतल निवास पुगेकी छन्।

प्रधानन्यायाधीश कार्कीले आफैंलाई इजलाश तोकिनन्

महाभियोग लागेको एक सातापछि सर्वोच्चकै आदेशले अदालत फर्किएकी प्रधानन्यायाधीश सुशीला कार्कीले आइतबार आफूबाहेक ९ न्यायाधीशलाई इजलाश तोकेकी छन्। एकल र संयुक्त गरी गठन भएका इजलाशमा कार्की संलग्न भएकी छैनन्।

प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्च फर्किइन्

प्रधानन्यायाधीश सुशीला कार्की काममा फर्किएकी छन्। कार्की आज बिहान ९ बजेर ११ मिनेटमा सर्वोच्च अदालत प्रवेश गरेकी छन्।

प्रधानन्यायाधीश कार्की काममा फर्किइन्

प्रधान न्यायाधीश सुशीला कार्कीले आफ्नो काम थालेकी छन्। सर्वोच्च अदालतले प्रधान न्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेपछि उनले नीजि निवास बालुवाटरबाट शुक्रबार नै केही प्रशासनीक काम गरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।

आज्ञाकारी न्यायपालिका चलाउने अधिकार कसैलाई छैन: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आज्ञाकारी न्यायपालिका चलाउने अधिकार कसैसँग नभएको बताएका छन्। प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग प्रस्ताव दर्ता गरिएको विरुद्ध काठमाडौं वसन्तपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले अदालतको प्रतिस्थापन राजनीतिबाट नहुने बताए।

महाभियोग फिर्ता लिन पूर्वप्रधानन्यायाधीशको आग्रह

चार पूर्वप्रधानन्यायाधीशले सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्। महाभियोग लगाउनुपर्ने उचित र पर्याप्त कारण भए पनि सावधानीपूवर्क र संवेदनशील भएर प्रक्रिया अपनाउनुपर्ने उल्लेख गर्दै उनीहरुले संयुक्त विज्ञप्तिमार्फत महाभियोग प्रस्ताव गम्भीर छलफल र विचारविमर्श नगरी आएको टिप्पणी गरेका छन्।

पराजुली कामु प्रधानन्यायाधीश

प्रधानन्यायाधीश शुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन्।

प्रधानन्यायाधीश कार्कीलाई परमादेश

सर्वोच्च अदालतको बृहत्त पूर्ण इजलासले न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायधीश सुशीला कार्कीलाई संवैधानिक इजलासमा तत्काल न्यायाधीश तोक्न परमादेश गरेको छ। न्यायाधीश केदारप्रसाद चालिसे, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिह्न र सपना प्रधान मल्लको बृहत्त पूर्ण इजलासले प्रधानन्यायाधीश  कार्कीको नाममा परमादेश जारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्