१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रधानन्यायाधीशलाई गंगामायाको पत्र- 'मलाई न्याय दिनुस्'

माओवादी द्वन्द्वपीडित गंगामाया अधिकारीले  प्रधानन्यायाधीश सुशीला कार्कीसँग न्याय मागेेकी छिन्। उनले वीर अस्पतालबाटै प्रधानन्यायाधीशलाई पत्र पठाएर न्यायको याचना गरेकी हुन्। माओवादी द्वन्द्वका बेला मारिएका आफ्ना छोरा कृष्णका हत्यारालाई कारबाही माग राखेर आमरण अनशन बसेका बेला गम्भीर अवस्थामा पुगेपछि उनलाई वीर अस्पताल भर्ना गरिएको थियो।

न्यायको लागि कुर्नु पर्ने स्थिति आउनु हुँदैन: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश सुशीला कार्कीले न्याय सम्पादनलाई सेवाग्राहीमैत्री बनाउन जोड दिएकी छन्। बुधबार जिल्ला अदालत खोटाङको भवन उद्‍घाटन काक्रममा बोल्दै प्रधान न्यायाधीश कार्कीले प्रत्येक न्यायलयलाई न्यायको आस्थाको धरोहरकारुपमा स्थापित गर्न सेवाग्राहीमैत्री बनाउन जोड दिएकी हुन्।

प्रधानन्यायाधीशको 'ग्रिन सिग्नल'

प्रधानन्यायाधीश सुशीला कार्कीसँग बिहीबार बिहान गरेको परामर्श सकारात्मक भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले जसरी पनि संविधान संशोधन प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेका छन्।

अस्ट्रेलियामा पहिलो पटक महिला प्रधानन्यायाधीश

अस्ट्रेलियाको न्याय सम्पादन प्रणालीको ११३ वर्षको इतिहासमा पहिलो पटक महिला सर्बोच्च न्यायासनमा नियुक्त भएकी छन्।

न्यायाधीशहरुले कागज मात्र केलाउने सोचलाई बदल्नुपर्छ: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा सर्वसाधारण जनताको पहुँच पुर्‍याउन सके दण्डहीनताको अन्त्य हुने बताएका छन्।

न्याय सेवामा राम्रो काम गर्ने प्रयास गर्छु: प्रधानन्यायाधीश

काठमाडौँ-प्रधानन्यायाधीश सुशीला कार्कीले न्याय सेवामा आफूले सधैँ राम्रो काम गर्ने प्रयास गर्ने बताएकी छन्।

प्रधानन्यायाधीश कार्कीले सम्हालिन् कार्यभार

सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा सुशीला कार्कीले जिम्मेवारी सम्हालेकी छन्। संसदीय सुनुवाइ समितिबाट आइतबार सर्वसम्मत अनुमोदन भएकी कार्कीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै सर्वोच्च फर्किएर कार्यभार सम्हालेकी हुन्।

सुशीला कार्की प्रथम महिला प्रधानन्यायाधीश

प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन्।सोमबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले कार्कीलाई शपथ खुवाएकी हुन्। आइतबार संसदीय सुनुवाई विशेष समितिले कार्कीलाई प्रधानन्यायाधीशमा सर्वसम्मले अनुमोदन गरेको थियो।

प्रधानन्यायाधीशमा सुशीला सर्वसम्मत

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्याधीशमा सुशीला कार्कीलाई नियुक्त गर्न संवैधानिक परिषद्लाई पत्र पठाएको छ। समिति बैठकले आइतबार कार्कीको नाम सर्वसम्मत अनुमोदन गर्दै नियुक्तिका लागि पत्राचार गरेको हो।

प्रस्तावित प्रधानन्यायाधीश र प्रमुख आयुक्तलाई संसदीय सुनुवाइमा बोलाइने

काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको शुक्रबार संसदीय सुनुवाइ गर्ने भएको छ। समितिका सभापति कुलबहादुर गुरुङको सभापतित्वमा आज बसेको बैठकले भोलि बिहान बस्ने बैठकमा कार्यवाहक प्रमुख आयुक्त यादवलाई सुनुवाइका लागि उपस्थित गराउने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्