५ कार्तिक २०८१ सोमबार
image/svg+xml

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भएका प्रतिवादी पक्राउ

धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भएका प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउपर्नेमा साविकको खरी गाविस वडा नं ४ बस्ने ५३ वर्षीय यमबहादुर राना मगर रहेका छन्।

डेढ महिनामा ३९० जना फरार प्रतिवादी पक्राउ

सुनसरीमा २५ वर्षदेखि यता विभिन्न आपराधिक घट्नामा संलग्न भएर फरार रहँदै आएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्न विशेष अभियान चलाएको छ। यही क्रममा डेढ महिनाको अवधिमा ३९० जना पक्राउ परि सकेका छन्।

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको खनियावास गा.पा. वडा नं. ३ बस्ने ४१ वर्षको घर्ती तामाङलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।

सत्ताइस वर्षपछि फरार अभियुक्त पक्राउ

कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र ६२ हजार ४१५ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई ताप्लेजुङ प्रहरी घटनाको १२ वर्षपछि पक्राउ गर्न सफल भएको छ।

९८ फरार प्रतिवादी पक्राउ

प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ। पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

२० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अदालतबा २० वर्ष कैद सजायको फैसला भएपनि कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

१२२ प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय खोटाङले चालू आर्थिक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १४४ जना प्रतिवादीमध्ये १३२ जनालाई पक्राउ गरेको जनाएको छ।

दुई फरार प्रतिवादी पक्राउ

महोत्तरी प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा सजाय तोएिर फरार रहेका सोनमा गाउँपालिका ४ बस्ने ३० वर्षिय हरिनायण यादव र औरही नगरपालिका ४ का ३६ वर्षिय रामनाथ यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

खोटाङमा छ महिनामा एक सय ३२ प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय खोटाङले चालु आर्थिक वर्ष विभिन्न अपराधिक क्रियाकलापमा संलग्न १ सय ४४ जना प्रतिवादीमध्ये १ सय ३२ जनालाई पक्राउ गरेको जनाएको छ। शुक्रबार आर्थिक वर्ष २०७५/०७६ को तेश्रो त्रैमासिक सार्वजनिक सुनुवाई गर्दै प्रहरीले गत साउन १ गतेदेखि हालसम्म विभिन्न प्रकृतिका घटनामा संलग्न १२ जना प्रतिवादी फरार रहेको, एक जनालाई बाल सुधारगृहमा पठाइएको, ३९ जनालाई कारागार चलान गरिएको, ७८ जना धरौटीमा छुटेको र १४ जनाविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

सिडिओले नै लिए मुद्धाका प्रतिवादीसँग सवा लाख घुस

मुद्धा छिन्ने प्रमुख जिल्ला अधिकारीलेनै सार्वजनिक अपराधका मुद्धामा प्रतिवादीसंग सिडिओ कार्यकक्षसंगैको गोप्य कोठामा घुस लिएका छन् ।

फरार प्रतिवादी कारागार चलान

बालविवाह मुद्दाका फरार प्रतिवादी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४० वर्षीय पूर्णबहादुर राई कारागार चलान भएका छन्।

बालबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान

खोटाङमा वालबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपाका ४० वर्षीय पूर्णबहादुर राईलाई अदालतले तोकिए अनुसारको सजाय भुक्तानका लागि आइतबार कारागार चलान गरिएको हो।

फरार अभियुक्त ३२ वर्षपछि पक्राउ

२०४५ सालमा जङ्गलमा मकैबाली जोगाउन र बाँदरलाई धपाउनको लागि बन्दुक हान्दा सोही स्थानका कमल राईको मृत्यु भएको मुद्दामा अभियुक्त फरार रहँदै आएको प्रहरीले बताएको छ।

फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट कैद सजाय तोकी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा भक्तपुर अदालतबाट २०७४ फागुन २९ गते फैसला भई दुई वर्ष कैद सजाय तोकिई फरार रहेका भक्तपुर नगरपालिका–१४ घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने २० वर्षीय किशोर दुवाललाई पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्