९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

घुससहित समातिए नेपाल प्रहरीका सइ

प्रहरी चौकी गंजभवानीपुरका प्रहरी नायब निरीक्षक (सइ)लाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोेग हेटौैंडाको टोलीले बिहिबार पक्राउ गरेको छ।

विप्लव कार्यकर्ता पक्राउ गर्न खोज्दा प्रहरीमाथि ढुंगामुढा

प्रहरीलाई गाउँमा गस्ती नगर्न भन्दै बेलाबेला फोनमार्फत धम्काउन खोज्ने नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई बुधबार बिहान पक्राउ गर्न खोज्दा स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन्।

निवर्तमान सभामुखलाई अदालतमा पेस गरिदैँ, थुनछेक बहस आज

बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँमा पेस गरिदैँछ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले महरालाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने बताए । उनका अनुसार निवर्तमान सभामुख महराको बिहीबार थुनछेक बहस सुरु हुँदैछ ।

प्रहरीद्धारा फेदापका ४ जना युवा पक्राउ

फेदाप गाउ पालिका १ को सिम्ले र जलजलेको सिमानामा आफुहरुले रोक्दा नरोकेको भन्दै बाटो छेकेर बोलेरोका चालकलाई कुटपिट गर्न खोज्ने ४ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी कमजोर भएको देख्न चाहने तत्व सल्बलाएका छन्, कोहीँ उम्किन पाउँदैनः महानिरीक्षक खनाल

मैले भनेको मान्नुपर्छ, चल्नुपर्छ, अवैध व्यवसाय चल्नुपर्छ भन्ने जुन मानसिकता छ नपाउँदाखेरी तिलमिलाए। यो प्रवृत्तिले प्रहरी, संयन्त्र कमजोर बनाएर फाइदा लिन खोजे। तर, म चाहीँ संक्रमणकाल वा अरु कुनै संविधान, कानुन कार्यान्वयनको सवालमा दृढ छु।

जुवाडे छोडेपछि प्रहरीको आलोचना

जुवाको खालबाट रंगेहात पक्राउ परेका छ जना जुवाडेलाई सुर्खेत प्रहरीले छोडेको छ। ८१ हजार नगदसहित वीरेन्द्रनगर–२ खोलीगाउँस्थित स्थानीय लक्ष्मी केसीको कुखुरा खोरबाट शनिबार पक्राउ परेका उनीहरुलाई आइतबार प्रहरीले थुनामुक्त गरेको हो।

प्रहरीले गस्तीमा भेटाएको ५० हजार रुपैयाँ फिर्ता

प्रहरीले भेटाएको आधा लाख रुपैयाँ फिर्ता गरेको छ। कृष्णसार टोलमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले भेटाएको ५१ हजार पाँच सय रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको हो।

पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन

पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन भएको छ। उनको विहीबार निधन भएको नेपाल प्रहरीले जनाएको छ।

सीमामा तस्करी बढ्यो

नेपाल प्रहरीको ध्यान राजपुर बमकाण्डतिर गएको बेला नेपाल–भारत सीमामा तस्करी बढेको छ। चाडपर्वको समय पारेर मुख्य गरी दक्षिण–पश्चिम नाकामा तस्करी बढेको हो।

सचिवसहित नौजना प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ।

पाँच हजार घुस लिएको आरोपमा समातिए प्रहरी

कञ्चनपुरको गड्डाचौकी नाकामा कार्यालय समयमै रहेको बेला भारतबाट सामान ढुवानी गर्ने सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दीपक चौधरी पक्राउ परेका छन्।

पौडेलको प्रहरीद्वारा गोली हानी हत्या : आयोग

राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले नौ गोली हानी हत्या गरेको जनाएको छ।

फरार १८ अभियुक्त पक्राउ

प्रहरीले अदालतबाट निर्णय भएर सजाय भुक्तान नगरी फरार सूचीमा रहेका विभिन्न आपराधिक घटनामा संलग्न १८ अभियुक्तलाई पक्राउ  गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्