काठमाडौं– प्रहरीले राजधानीमा ११ जुवाडेलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार कालिमाटीबाट ६ जना र तार्केश्वरको पैँयुटारबाट ५ जनालाई सोमबार नगद ८० हजारसहित नियन्त्रणमा लिइएको हो।
पैँयुटारमा रामेश्वर बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले छापा मारी नगद ४९ हजार ३ सय रूपैयाँ र ६ बुक बरामद गरेको छ। साथै घरधनी बोगटीसहित ५ जनालाई नियन्त्रणमा लिएको हो।
यसैगरी कामपा १३ कालिमाटीस्थित अर्जुन तामाङको घरमा तास खेलिरहेको अवस्थामा प्रहरी वृत्त कालीमाटीको टोलीले नगद ३१ हजारबढी रूपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घरधनी तामाङसमेत रहेका छन्।
प्रकाशित: ५ कार्तिक २०७६ ०९:१५ मंगलबार