८ आश्विन २०८१ मंगलबार
image/svg+xml

लुम्बिनी प्रदेशको बजेट भोलि

प्रतिस्थापन विधेयकमार्फत लुम्बिनी प्रदेश सरकारले बुधबार नयाँ बजेट ल्याउने भएको छ। बुधबार बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट पेश गर्नेछन्।

लुम्बिनी प्रदेशको सञ्चार विधेयक पुनर्लेखनको माग

लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक पुनर्लेखन गर्न सरोकारवालाहरुले माग गरेका छन्। सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधानको मर्म विपरित स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने गरी ल्याइएकाले पुनर्लेखन गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन्।

राष्ट्रियसभाबाट बजेट सम्बन्धित दुई विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ।

सिंजा सभ्यता सम्बन्धी विधेयक प्रदेशसभामा दर्ता

विधेयकमा सिंजा सभ्यताको संरक्षण तथा विकासका लागि आवश्यक नीति, निर्माण एवम् कार्यकारी परिषद्लाई निर्देशन, रेखदेख गर्नका लागि कर्णाली प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा सिंजा सभ्यता संरक्षण तथा विकास सभा गठन गर्ने उल्लेख छ।

गण्डकी प्रदेश आमसञ्चार विधेयकः पुनर्लेखन गर

पत्रकार सम्बद्ध संघ संस्थाले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पुनर्लेखन गर्न माग गरेका छन् । गण्डकी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेर दफावार छलफलका लागि विधायन समितिमा गएको विधेयक संविधान विपरित रहेको भन्दै विधेयक फिर्ता गरेर पुनर्लेखन गर्न माग गरेका हुन् ।

राष्ट्रियसभामा दुई विधेयक टेबुल

आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरी पठाइएको प्राप्त पत्र पढेर सुनाएका हुन्।

नौ दिनपछि बजेट खर्च गर्ने बाटो खुल्यो

विनियोजन विधेयक पास भएर बिहीबार प्रमाणीकरण भएकाले शुक्रबारबाट खर्च गर्ने बाटो खुलेको हो।

‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्याे

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरण भएको हो।

एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ।

राष्ट्रियसभाबाट विनियोजन विधेयक पास

राष्ट्रियसभाबाट विनियोजन विधेयक पास भएको छ। बिहीवार बसेको राष्ट्रियसभाको बेठकले विनियोजन विधेयक पास गरेको हो।

राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल

राष्ट्रिय सभाको मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का सांसदहरुको विरोधका बिच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गरेका हुन्।

विनियोजन विधेयक पारित

आश्रित विधेयक पारित गर्न बाँकी नै रहेकाले सरकारलाई खर्च गर्न भने बाटो खुलेको छैन। विनियोजन विधेयकसँगै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दुवै सदनले पारित गरेपछि मात्र खर्च गर्न बाटो खुल्छ।

एमालेकाे नाराबाजीबीच विनियोजन विधेयक पास

प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो।

एमालेको विरोधबीच प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको विरोधबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकमाथि छलफल सुरु गरेका छन्।

अत्यावश्यक अध्यादेश निष्क्रिय हुँदा समस्यैसमस्या

संसद्मा अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी एमालेमाथि आफ्नै पार्टी नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएका अध्यादेश निष्क्रिय हुँदा नैतिकताको प्रश्न उठे पनि अविभावकत्व भने अहिलेको सरकारले नै गर्नुपर्ने एमालेका एक नेताले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्