७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रियसभाबाट विनियोजन विधेयक पास

राष्ट्रियसभाबाट विनियोजन विधेयक पास भएको छ। बिहीवार बसेको राष्ट्रियसभाको बेठकले विनियोजन विधेयक पास गरेको हो।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक २०७८ मा उल्लेखित विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिन सांसदको नाम मागेका थिए।

तर, कुनै दलबाट नाम नआएपछि अध्यक्ष तिमल्सिनाले राष्ट्रियसभाबाट विनियोजन विधेयक पास गरेका हुन्। बिहीवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध कायमै राखेको छ। राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते शुक्रवार ११ बजे बस्नेछ।

प्रकाशित: ७ आश्विन २०७८ ०९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App