१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मोरङमा कोइराला समूहको वर्चस्व

नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत मोरङमा सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ।

विजय गच्छदारको क्षेत्रमा अनिश्चितकालिन निर्वाचन स्थगित

गच्छदारले सोमबार मनोनयनको समयलाई एक दिन थपेर लगातार प्रयास गरेपनि सम्भव नहुँदा बिहीबार निर्वाचन समितिले सूचना टाँस गरेर अर्को सूचना नभएसम्म निर्वाचन हुन नसक्ने जनाएको छ।

प्रदेश १ को सभापतिमा उम्मेद्वारी दिन्छुः घिमिरे

उनले पार्टीमा आफूले नेतृत्वदायी भूमिका खोजेको तर, केन्द्रमा सभापति वा महामन्त्रीको पद पाउने संभावना नभएका कारण प्रदेश १ को सभापतिमा उम्मेद्वारी दिने तयारी गरेको जानकारी दिए ।

कम्युनिष्ट आन्दोलनको निरन्तरताका लागि एमालेबाट विद्रोहः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले कम्युनिष्ट आन्दोलनबाट पतन भएका कारण आफूहरुले विद्रोह गरेको बताएका छन्।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को मतदान स्थगित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा हुँदै गरेको मतदान एक्कासी स्थगित भएको छ।

एमाले महाधिवेशनः नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक

सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले आज साँझ ६ बजेदेखि शुक्रबार (भोलि) राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ।

साहित्यकार रीतादेवीका दुई कृति विमोचित

नेपाल भाषाका साहित्यकार रीतादेवी प्रधान जोशी रुमाठका दुई कृति फय् वःगु लँय् र तापालय् थ्वःगु सःको एक समारोहकाबीच सार्वजनिक गरिएका छन्। शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार ध्रुव मधिकर्मी र अनेसासका पूर्व अध्यक्ष तथा नियात्राकार गीता खत्रीले संयुक्त रुपमा कृतिको विमोचन गरे।

बाँकेका तीन वटा प्रतिनिधि सभा क्षेत्रमा मतदान

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका प्रतिनिधि सभा क्षेत्रमा बुधबार(आज) मतदान चलिरहेको छ। क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा फरक फरक समयमा मतदान सुरु भएको हो।

नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसङ्घद्वारा अनुमोदन

नेपाललाई संयुक्त राष्ट्रसङ्घको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ।

सेवाग्राही कर्जासम्बन्धी सम्झौता

नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई विनाधितो १५ लाख रूपैयाँसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।

नेपालगन्जमा बुद्ध एयरको जहाजसँग स्याल ठोक्कियो

काठमाडौंंबाट नेपालगन्ज आएको बुद्ध एयरको जहाजसँग स्याल ठोकिएको छ। नेपालगन्ज विमानस्थलमा अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला बुधबार बेलुका सवा ७ बजेतिर ‘एटिआर ७२’ जहाजसँग स्याल ठोकिएको हो।

सिजी मेरिडिया प्रिमियम फ्रिज सार्वजनिक

इलेक्ट्रोनिक्स कम्पनी सिजीले ‘सिजी मेरिडिया’ प्रिमियम फ्रिज नेपाली बजारमा सार्वजनिक गरेको छ।

रहेनन् लामा टेन्डी

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वउपाध्यक्षका साथै नेपाल ओलम्पिक कमिटी (एनओसी)का पूर्वमहासचिवसमेत रहेका टेन्डी शेर्पाको बुधबार निधन भएको हो। ५० वर्षे शेर्पा पछिल्लो तीन वर्षदेखि नसासम्बन्धी रोगसँग लडिरहेका थिए।

टर्कीका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

नेपालका लागि टर्कीका राजदूत फिरत सुनेलले राष्‍ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्।

सूर्यमा ग्रहण लागिसक्यो,अब कलम चम्किन्छः नेपाल

नेपालले सात प्रदेशमध्ये दुईवटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको बताए। प्रदेश २ मा पनि एमालेभन्दा आफ्नो पार्टी ठूलो रहेको उनले बताए। केपी ओलीको हठका कारण एमालेको यो दशा भएको टिप्पणी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्