२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चार सयले गरे आँखादान

मकवानपुरका तीन सय ९८ जनाले मरणोपरान्त आँखादान गरेका छन्। ‘रक्तदान जीवन दान, आँखा दान महादान’ भन्ने अभियानसँगै गोल्डेन यातायात प्रालिको आयोजना एवं जनसरोकार केन्द्र, मकवानपुरको सहकार्यमा शनिबार हेटौडामा आयोजित कार्यक्रममा विभीन्न क्षेत्रका व्यक्तिहरुले आँखादान गर्न ईच्छापत्रमा सम्झौता गरेका हुन्।

प्रदूषणले आँखामा असर

तपाईंको आँखा चिलाउँछ, पोल्छ वा सुख्खा हुन्छ ? यदि यस्तो समस्या छ भने तपाईंको आँखामा धुलो, धुवाँ जस्ता प्रदूषणले असर पारेको हुन सक्छ। बेलैमा आफ्नो आँखा जाँच गरौं। नत्र समस्या झेल्नुपर्ला।

नेपालका आँखा अस्पतालमा भारतीय बिरामीको चाप

बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन्। भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका बिरामी उपचारका लागि सो अस्पतालमा आउने गरेका अस्पताल स्रोतले जनाएको छ।

'आँखा अस्पताल प्रदेशको शान’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमालय आँखा अस्पताल प्रदेशको शान भएको बताएका छन्। नेपाल नेत्रज्योति सङ्घको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उनले सरकारको पर्याप्त सहयोग बिना आफ्नै स्रोतसाधनको उचित व्यवस्थापन गरेर गुणात्मक सेवा प्रवाह गर्ने उक्त आँखा अस्पताल प्रदेशकै एक नमूना संस्था भएको बताए।

जीवित हुँदा हेला, मृत्युपछि सेवा !

बसपार्कको एउटा कुनाको बेन्चमा बसेर कसैको प्रतीक्षामा आँखा डुलाइरहेका करिब ८० वर्षका वृद्धलाई देखेर ५५ वर्षजतिका एक व्यक्ति उनको नजिक जान्छन् र सोध्छन्, ‘बुबा १ घण्टा अगाडिदेखि तपाईंलाई यहीं देखिरहेको छु। कोही आउँदै छ, तपार्इंलाई लिन वा बस कता लाग्छ भन्ने थाहा नपाएर हो ?’ आँखाभरि आँसु पार्दै वृद्धले भने, ‘बाबु ! मेरो कान्छो छोरोले जेठो छोरोकहाँ लैजान भनेर मलाई यहाँ लिएर आएको हो। दाइ लिन आउनुहुन्छ, तपाईं यहीं बस्दै गर्नु र यसबीचमा कोही मान्छे भेटे यो कागज देखाउनु है भनेर छाडेर गएको, अहिलेसम्म आएको छैन। मेरो जेठो छोरो मलाई लिन आइपुगेन।

निःशुल्क आँखा शिविरबाट पाँच सय ७६ वृद्धवृद्धाले लिए सेवा

कैलालीको गोदावरी नगरपालिका–२ मा लायन्स क्लब अफ अत्तरिया सिटी, नेपाल नेत्र ज्योति सङ्घ र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा शनिबार आँखा शिविर सम्पन्न भएको छ।

कैदीबन्दीका लागि आँखा शिविर

नेपाल नेत्र ज्योति सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी महोत्तरीले शनिबार जलेश्वर कारागारका कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।

फेसन बन्दै आँखाको मेकअप

स्वस्थ आँखाले मानिसलाई आकर्षक बनाउँछ। आँखालाई सौन्दर्य बढाउने साधन मात्र नभएर भाव व्यक्त गर्ने साधनको रूपमा पनि लिने गरिन्छ। आँखा आकर्षणहीन छ भने सौन्दर्य पनि फिक्का हुन्छ।

आँखा अस्पतालमा सेवाग्राहीको चाप

स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढ्न थालेका छन् । बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महिनादेखि स्वास्थ्य बीमा सेवा सुरु भएपछि बिरामीको सङ्ख्या पछिल्लो समय बढेको पाइएको हो ।

बीस लाखको उपचार, साढे चार लाखको शल्यक्रिया

नेत्र ज्योति सङ्घ कास्कीद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, पोखराले स्थापनाको साढे दुई दशकमा २० लाख आँखाका बिरामीको उपचार गरेको छ भने साढे चार लाखको मोतियाविन्दुको शल्यक्रिया गरेको छ।

राज्यको आँखा नपरेको ‘स्तुपा’

सहरभसरि भूकम्पमा भत्किएका मठमन्दिर धमाधम ठडिँदै छन्। स्विस सरकारको सहयोगमा त्रिपुरा सुन्दरी र तलेजु भवानी भर्खरै उठ्यो। सरकारी लगानीमा बनिरहेको भीमेश्वर मन्दिरको भण्डारघर अन्तिम चरणमा छ।

अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको महत्वपूर्ण भूमिका

अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको सेवा उल्लेखनीय भएको सरोकारवालाहरूले बताएका छन्।

उपचार ढिलाे भए ज्योति गुम्छ

वर्ष बिराएर सयौंको आँखाको ज्योति नष्ट गरिसकेको आँखामा लाग्ने शापु रोगको मौसम आउनै लागेको छ। सतर्क हुनुहोस् है। यस रोगको संक्रमणले आँखाको ज्योति पूरै गुम्न सक्छ। हरेक वर्ष बिराएर प्रकोपको रूप लिने यो रोग भदौदेखि सुरु हुने चिकित्सक बताउँछन्।

आँखा नगाडौँ शिवपुरीमा

पैसाको आँखा कहाँ कहाँ पुग्ने ! सीमातीत हुने रहेछ। त्यसैले त होला पुँजीवादले संसार खाँदै गरेको। पैसा पैसाले तान्ने। पैसाले पैसा तान्ने पनि धेरैले थोरैलाई तान्ने। यो रहस्य नबुझेको एकजनाले एक रुपियाँ पाएछ र पैसा तान्ने कल्पना गरेछ। एउटा खुत्रुकेअगाडि गएछ र एक रुपियाँ महेन्द्र मल्ली डबल खुत्रुकेको प्वालमाथि हातले समातेर खुत्रुकेको पैसा तान्न डबलको केही भाग छिराएछ। तलको पैसा तान्न। केही मिनेट त्यसो गर्दा औँला गलेछ र सो डबल खुत्रुकेमै खसेछ। तब त्यो पैसा तान्न खोज्नेले भनेछ– पैसाले पैसा तान्छ भनेको सयका सय सत्य रहेछ। तर याद गर्नुपर्ने गाँठी कुराचाहिँ के रहेछ भने धेरैले थोरै तान्ने रहेछ। म थोरैले धेरै तान्छ भन्ने भ्रान्तीमा परेर भएको एक रुपियाँ पनि गुमाएँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्