२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चार सयले गरे आँखादान

मकवानपुर – मकवानपुरका तीन सय ९८ जनाले मरणोपरान्त आँखादान गरेका छन्। ‘रक्तदान जीवन दान, आँखा दान महादान’ भन्ने अभियानसँगै गोल्डेन यातायात प्रालिको आयोजना एवं जनसरोकार केन्द्र, मकवानपुरको सहकार्यमा शनिबार हेटौडामा आयोजित कार्यक्रममा विभीन्न क्षेत्रका व्यक्तिहरुले आँखादान गर्न ईच्छापत्रमा सम्झौता गरेका हुन्।

कार्यक्रममा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठमार्फत सामुदायिक आँखा अस्पताल हेटौंडामा एक समारोहका बिच हस्तान्तरण गरिएको छ। सभामुख श्रेष्ठले आँखादान जस्तो महान कार्य गर्न मानिसमा जनचेतना जगाउदै सबैले आँखादान गरी संसार देखाउने जस्तो पुण्य काम सबैले गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा आँखादानसंगै ८७ जनाले रक्तदान समेत गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जनसरोकार केन्द्र, मकवानपुरका संयोजक ध्रुबप्रसाद चौलागाई, नेपाली कांग्रेस मकवानपुरका प्रचार विभाग प्रमुख प्रदीप कोईराला लगायतले आँखादान अभियानलाई गाउँगाउँसम्म लग्नुपर्ने बताएका थिए।

प्रकाशित: ७ मंसिर २०७६ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App