२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

टी २० महिला विश्वकप : भारत र पाकिस्तान भिड्दै

आइसिसी टी २० महिला विश्वकप क्रिकेटमा आज आइतबार दुई चिर प्रतिद्वन्द्वी टोली भारत र पाकिस्तानबीच  खेलहुँदैछ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने यी दुईबीचको खेल नेपाली समय अनुसार आइतबार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

आइतबार नै नेपाली अनुसार बेलुका ७:४५ बजे देखि स्कटल्यान्डविरुद्ध र वेस्ट इन्डिजबीच खेल हुनेछ।

महिला टी २० विश्वकपको यो नवौँ संस्करण हो। प्रतियोगिता अक्टोबर २० तारिखसम्म सञ्चालन हुनेछ । समूहगत चरणको खेल अक्टोबर १५ तारिखसम्म चल्नेछ। त्यसपछि दुवै समूहबाट दुई/दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन्।

समूह ए मा साविक विजेता अस्ट्रेलियासहित भारत, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड छन् । समूह बी मा भने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल खेल अक्टोबर १८ तारिखमा खेलिने छ । सेमिफाइनलमा समूह एको विजेताले समूह बी को उपविजनतासँग र समूह  बी को विजेताले समूह ए को उपविजनतासँग प्रतिस्पर्धा गर्नेछन्।

सेमिफाइनलमा विजयी दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि अक्टोबर २० तारिखमा फाइनल खेल खेलिने छ । महिला टी २० विश्वकपमा अस्ट्रेलियाले हालसम्म ६ पटक  उपाधि उचालिसकेको छ । अस्ट्रेलिया महिला विश्वकपको साबिक विजेता पनि हो।

इङ्गल्यान्ड र वेस्ट इन्डिजले पनि एक/एक पटक टी २० महिला विश्वकपको उपाधि जितेका छन्। 

प्रकाशित: २० आश्विन २०८१ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App