२१ आश्विन २०८१ सोमबार
image/svg+xml

२५ उज्यालो वर्ष

सन् १९९४ मा स्थापना भएको तिलगंगा आँखा अस्पतालले २५ वर्षमा ६० लाखभन्दा बिरामीको आँखा उपचार गरेको छ। जसमा अस्पतालमा केन्द्रित भएर ३४ लाख ९० हजार र समुदायमा गएर २५ लाखभन्दा बढी रहेको अस्पतालले जनाएको छ। अस्पतालले १५ लाखभन्दा बढीलाई निःशुल्क सेवा दिएको छ।

तिलगंगा २५ वर्षमा, ६० लाखको आँखा उपचार

तिलगंगा आँखा प्रतिष्ठानले स्थापनाको २५ वर्षमा ६० लाखको आँखा उपचार सेवा प्रदान गरेको छ। अस्पतालले सोमबार आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ। २५ वर्षको अवधिमा अस्पतालले ४ लाखभन्दा बढीको मोतीविन्दु तथा अन्य शल्यक्रिया गरेको छ। अस्पतालकी प्रबन्ध निर्देशक डा. रीता गुरुङ र अस्पतालका कार्यकारी प्रमुख डा. सन्दुक रुइतले २५ वर्षको यात्रामा प्रतिष्ठानले गरेको संघर्ष तथा उपलब्धि सुनाए।

विद्वान पुर्खाहरुको देशमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कार गरेः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले डा. सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको बताएका छन्। तिलगंगा आँखा प्रतिष्ठानको २५ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विद्धान पूर्खाहरुको देश नेपालमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताए।

तिलगंगा आँखा अस्पताललाई ‘डब्लूएचओ’ को मान्यता

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको रुपमा मान्यता दिएको छ।

रसुवागढीमा आँखाले विषादी परीक्षण

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकिएको भन्दै सरकारको सर्वत्र आलोचना भएका बेला उत्तरी नाका रसुवागढी भएर आउने सामान भने आँखाले हेरेको भरमा छोड्नु परेको छ।

धूमपानले आँखालाई पनि असर गर्छ

बेलायतमा दसौं लाख मानिस आँखाको दृष्टि क्षमतामा ह्रास हुने समस्याले पीडित छन्, जो नियमित धूमपान गरिरहेका छन्। बेलायतमा प्रति पाँचजनामध्ये एकजना धूमपान प्रयोगकर्तामा दृष्टिविहीनता आउन सक्छ। यस्तो दाबी बेलायतस्थित चस्माविशेषज्ञ संघले गरेको हो। ‘धूमपान प्रयोग नगर्नेहरूको तुलनामा प्रयोगकर्ताले दुईगुणा दृष्टि क्षमता गुमाउँछन्,’ एएनटिभीले भनेको छ। कारण सुर्तीजन्य पदार्थको प्रयोग गर्नेहरू धेरैको आँखा खराब भइसकेको पाइएको छ।

भालु आक्रमणमा परेका जीवनको दृष्टि फर्कियो

तिलगंगा आँखा अस्पतालमा भएको पटकपटकको शल्यक्रियापछि उनको आँखामा दृष्टि आएको हो। सुनारलाई भालुले आक्रमण गर्दा दाहिने आँखा, देबे्र आँखाको बाहिरी भाग र अनुहारमा चोट लागेको थियो। घटनामा उनको दाहिने आँखा बाहिरै निस्केको थियो। सो आँखा भेटिएन। उनलाई छ महिनाअघि घरबाट दुई घण्टा टाढा जंगलमा निगालो लिन जाँदा भालुले आक्रमण गरेको थियो। छ महिनादेखि उनी काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पताल र तिलगंगा आँखा अस्पतालमा उपचार गराइरहेका छन्।

कर्मचारीद्वारा चिकित्सककी श्रीमतीको हत्या

सदरमुकाम मलंगवास्थित सर्लाही आँखा उपचार केन्द्रका एक कर्मचारीको आक्रमणबाट सोही अस्पतालका चिकित्सकी पत्नीको मृत्यु भएको छ । आक्रमणमा मृतकका छोरासमेत गम्भीर घाइते भएका छन् ।

अस्पतालका कर्मचारीद्वारा चिकित्सककी श्रीमतीको हत्या

सदरमुकाम मलंगवास्थित सर्लाही आँखा उपचार केन्द्रका एक कर्मचारीको आक्रमणबाट सोही अस्पतालका चिकित्सकी पत्नीको मृत्यु भएको छ। आक्रमणबाट मृतकका छोरा समेत गम्भिर घाइते भएका छन्।

बजेटमा आँखाका बिरामीलाई प्राथमिकता

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले कुनै पनि नागरिकले आँखाको समस्याबाट ग्रसित हुन नपर्ने गरी सरकारले कार्यक्रम ल्याउन लागेको बताएका छन्।

आँखा शिविरबाट नौ सय लाभान्वित

जिल्लाको तीन हजार आठ सय ८० मिटरको उचाइमा अवस्थित खुन्दे अस्पतालमा सञ्चालित आँखा शिविरबाट नौ सय सर्वसाधारण लाभान्वित भएका छन्। खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित सो अस्पतालमा बुधबार र बिहीबार निःशुल्क आँखा शिविरमा ५१ जनाको मोतिबिन्दु रोगको शल्यक्रिया गरिएको छ भने ९२ जनालाई सहुलियतमा चस्मा वितरण गरिएको छ।

आँखाको क्यान्सरबाट कसरी बच्ने ?

बालबालिका तथा ठूला मानिसको आँखामा क्यान्सर किन लाग्छ ? क्यान्सर लागिहाले कसरी बच्ने ? यो रोगको उपचार नेपालमा हुन्छ कि हुँदैन ? प्रस्तुत छ, तिलगंगा आँखा प्रतिष्ठानका अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुसित नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीको अंश ः

आँखाको नानीको दाग क्यान्सर त होइन?

तपाईंको शिशुको आँखामा सेतो दाग छ ? फोटो खिच्दा आँखामा सेतो दाग देखिन्छ ? यदि यस्ता चिह्न देखिए भने बच्चाको आँखामा क्यान्सर पनि भएको हुन सक्छ। बेलैमा सर्तक भई समयमै शिशुको आँखा परीक्षण गराउनु होला। शिशु जन्मेपछि एक पटक अनिवार्य आँखा जाँच गराए आँखाको क्यान्सरबाट मृत्यु हुने सम्भावना टार्न सकिन्छ।

आँखा उपचार केन्द्रको स्थापना

रुकुम (पूर्व)मा पहिलो पटक आँखा उपचार केन्द्रको स्थापना गरिएको छ। प्रदेश नम्बर ५ को एकमात्र हिमाली जिल्लामा आँखा अस्पताल बनेपछि यहाँका स्थानीहरु खुशी भएका छन्।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सहयोग

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले तिलगंगा आँखा अस्पताललाई २४ लाख ६८ हजार तीन सय ९९ रुपैयाँ सहयोग गरेको छ। बैंकले अस्पतालको मुख्य विस्तार योजनालाई वित्तीय सहायता प्रदान गर्ने सम्बन्धमा यसअघि गरेको सहमति अनुसार उक्त रकम उपलब्ध गराएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्