२१ असार २०८१ शुक्रबार
image/svg+xml

अवैध सम्पत्तिलाई वैधता

लगानीमा आयस्रोत नखोज्ने यो व्यवस्था लागु भए मुलुकभित्र गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिले वैधानिकता पाउने बाटो खुल्नेछ भने नेपालमा विदेशबाट कालो धन भित्रने जोखिम पनि बढ्नेछ।

लोकतन्त्रमा भ्रष्टाचारको भय

हुँदै नभएका लडाकुका नाममा एमाओवादीले शान्ति कोषबाट करिब चार अर्ब रुपियाँ हिनामिना गरेको अभियोगको मुद्दा अख्तियारमा अहिले पनि जीवितै छ।

स्थलगत छानविन गर्दै अख्तियारको टोली

गोदावरी नगरपालिकाद्वारा आयोजनाको छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली कैलालीको अत्तरिया आइपुगेको छ। गोदावरी नगरपालिकाद्वारा सञ्चालित आयोजनामा अनियमितता भएको उजुरी परेपछि केन्द्रको टोली स्थलगत निरीक्षणका साथै छानविनका लागि आएको हो।

'राज्यले घुस दिएर रंगेहात पक्राउ गर्नु गलत'

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १८ वर्षदेखि संविधान र ऐनसँग बाझिएको नियमावली कार्यान्वयन गरिरहेको ठहर भएको छ।

हडपिएको जग्गा सरकारका नाममा ल्याउन निर्देशन

प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी÷सार्वजनिक जग्गा हिनामिना गर्नेविरुद्ध परेका उजुरीलाई प्राथमिकतामा राखेर छानबिन र कारबाही प्रक्रिया अघि बढाउन आयोगका कर्मचारीलाई पनि निर्देशन दिएका छन्।

पाठ्यक्रम विकास केन्द्रमा अख्तियारको छापा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्रमा छापा मारेको छ । निजी पुस्तक प्रकाशकहरूले पाठ्यक्रम विकास केन्द्रको स्वीकृत बेगर नै पाठ्यक्रमको लोगो प्रयोग गरेर लकडाउनकै अवधिमा कक्षा एकको थप पाठ्यपुस्तक बजारमा बिक्री–वितरण गरिहेका बेला अख्तियारले छापा मारेको हो ।

लकडाउनको मौका छोपी ऐतिहासिक पोखरीमा अवैध संरचना

काठमाडौंको ऐतिहासिक गहना पोखरी क्षेत्रमा भएको अवैध निर्माण रोक्न भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गहनापोखरीको सार्वजनिक जग्गा र ऐतिहासिक ठाउँ भएकाले उक्त जग्गामा भूमाफियाले पक्की संरचना निर्माण कार्य थालेकाले उक्त कार्यलाई रोक्न भन्दै शुक्रबार आयोगमा उजुरी परेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्