१९ आश्विन २०८१ शनिबार
image/svg+xml

कला क्षेत्रमा गतिविधि ठप्प, विवाद प्रशस्त

२०७८ सालमा अधिकांश नयाँ फिल्मले सुटिङ थाल्न पाएनन्। फलस्वरूप कलाकारदेखि प्राविधिकहरू म्युजिक भिडियोमा केन्द्रित भएका थिए। ‘म यस्तो गीत गाउँछु–२’ फिल्म रिलिजसँगै नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा अभिनेता पल शाह थुनामा परे। जिल्ला अदालत पूर्वी नवलपरासीले तनहुँमा राखेर अनुसन्धान गर्ने आदेश दिएको थियो।

तथ्यहरु भन्छन्ः मुलुकको अर्थतन्त्र जोखिममा छैन

अर्थतन्त्र समस्यामा परेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सम्बद्ध तीन पूर्व अर्थमन्त्रीले पत्रकार सम्मेलन नै गरेर सरकारमाथि औँला ठड्याए। यसबीचमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भए।

तीन पूर्वअर्थन्त्रीको आरोप: सरकारकै कारण अर्थतन्त्र संकटोन्मुख

सरकारका कारण मुलुकको अर्थतन्त्र संकटोन्मुख भएको भन्दै नेकपा एमालेका पूर्वअर्थमन्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्।

गभर्नर निलम्बन: अस्थिरताको यात्रा

शुक्रबार सर्वोच्च अदालतका विवादास्पद छवि भएका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाइएको छ। नेकपा (माओवादी केन्द्र) निकट यी पूर्वन्यायाधीशलाई समितिको नेतृत्व दिएपछि त्यसबाट आउने परिणामबारे पूर्वानुमान गाह्रो छैन।

जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउँछन्ः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउने बताएका छन्।

नेपाल श्रीलंकाको अवस्थामा पुग्दैन: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन्।

अर्थतन्त्रमा देखिएको समस्यामा सरकार उदासिन

उद्योगी व्यवसायीहरुले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार उदासिन बनेको आरोप लगाएका छन्।

द्वन्द्वले रुस र युक्रेनको अर्थतन्त्र प्रभावित

रुसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कुल गार्हस्थ्य उत्पादन २० प्रतिशतले संकुचित हुने प्रक्षेपण गरिएको छ।

‘निर्णयमा नेपाल सार्वभौम’

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्न दबाबमूलक कूटनीति गरेको चिनियाँ आरोपको भोलिपल्ट शनिबार अमेरिकाले यसलाई नेपालको सार्वभौम निर्णय भनेको छ।

अर्थतन्त्रका अशुभ संकेत

अति कम विकसित राष्ट्रबाट माथि उठ्न संघर्ष गरिरहेको हाम्रो जस्तो मुलुकलाई फजुल खर्च घटाएर पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, शुद्ध पिउने पानी जस्ता क्षेत्रमा लगानी गर्नुपर्ने खाँचो छ। विडम्बना, चालु बजेटको मध्यावधि अवस्थाले अहिलेको सरकारको गति सही बाटोतर्फ लागेको देखिँदैन।

'विकासमैत्री नीति र संरचनाको अभावमा अर्थतन्त्रलाई गतिशील तुल्याउन कठिन'

अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीति र संरचनाको अभावमा अर्थतन्त्रलाई गतिशील तुल्याउन कठिन भएको बताएका छन्। अर्थतन्त्रका जानकारहरूसँग आज भएको छलफलमा उनले उक्त कुरा बताएका हुन्।

जापान रोजगारी समझदारीमै सीमित

विज्ञहरूले लामो समयदेखि खाडी मुलुक र मलेसियाको विकल्प खोज्नुपर्ने सुझाव दिँदै आए पनि अन्य विकल्प नहुँदा तिनै मुलुकमा जानुपर्ने बाध्यता छ। विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएका करिब ५५ लाखमध्ये ९० प्रतिशत बढी खाडी मुलुक र मलेसिया गएका छन्।

नसुध्रिए अर्थतन्त्रमा समस्या

विश्वभर फैलिएको कोभिड महामारीले प्रभावित तुल्याएको गत २ वर्षमा नघटेको रेमिटेन्स आय यो वर्ष सुरुदेखि नै घटिरहेको छ। यो वर्षको कात्तिकसम्म आउँदा रेमिटेन्स गत वर्षको तुलनामा साढे ७ प्रतिशतले घट्न पुगेको छ। प्रत्येक वर्ष वृद्धि दरको अपेक्षा गरिने हाम्रो जस्तो मुलुकमा उल्टै आय घट्दा यसले चौतर्फी समस्या देखाएको छ। खासगरी विदेशी मुद्रा आर्जनका विभिन्न क्षेत्रमध्ये हाम्रो मुलुकमा रेमिटेन्स सबै भन्दा ठूलो हिस्सा राख्ने क्षेत्र हो। त्यसैले यसमा हुने थप–घटले अर्थतन्त्रका विभिन्न क्षेत्रमा समस्या सिर्जना गर्छ।

अर्थतन्त्रको असजिलो

कोरोना कालको दुई वर्ष पुग्दा/नपुग्दै अर्थतन्त्रका सूचकले त्यति राम्रो संकेत गरेका छैनन्। सरकारले सुधारका उपाय अपनाउन नसके आगामी दिनमा असजिलो पर्ने संकेत परिसूचकहरूले दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्