१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपाल श्रीलंकाको अवस्थामा पुग्दैन: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन्।

बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेसनमा बोल्दै उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलंकाको अवस्था भने नपुग्ने बताएका हुन्।

उनले हामीले स्वदेशमा उत्पादित वस्तुहरुको जबसम्म उपभोग गर्दैनौ तबसम्म रोजगारी सृजना र आर्थिक समृद्धि हुन नसक्ने बताए। उपाध्यक्ष ढकालले अहिले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीजि क्षेत्रले काम गर्न आवश्यक रहेको बताए।

त्यस्तै उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताए। उनले तरलता अभावको कारण बैंकहरुले तरलता सहज बनाउनको लागि निक्षेपको ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको दाबी गरे।

उपाध्यक्ष ढकालले बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन भन्ने पछिल्लो उदाहरण भएको बताए। उनले बैंकहरुमा जबसम्म व्यवसायले थाम्न सक्ने ब्याजदर हुँदैन तबसम्म व्यवसायीक गतिविधिहरु अगाडि बढ्न नसक्ने दाबी गरे।

प्रकाशित: २३ चैत्र २०७८ ०९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App