नागरिक फ्रन्टलाइन: नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी
नागरिक फ्रन्टलाइन: नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी
नागरिक फ्रन्टलाइन: नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी
नागरिक लगानी कोषको आधिकारिक ट्रेड युनियनमा नागरिक लगानी कोष कर्मचारी युनियनहरुबीच सहमति भई निर्विरोध निर्वाचित भएका छन्।
नेपालमा विगतमा कहालीलाग्दो गरिबी रहेको र तिनीहरुलाई उत्थान गर्ने उद्देश्य राखेर स्थापना भएकाले निर्धन उत्थान भन्ने नाम राखिएको हो। नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर स्वर्गीय हरिहरदेव पन्त (मेरा बुबा) ले २०४७ चैत ७ गते यस संस्थाको स्थापना गर्नुभएको हो। त्यसबेला निर्धन गैर सरकारी संस्था थियो। पछि यसलाई लघुवित्त वित्तीय संस्थाको रुपमा रुपान्तरण गरियो।
सानो छँदा अमेरिकालाई विश्वकै राजधानी भनेको सुन्थेँ र अचम्म लाग्थ्यो। जिज्ञासा पनि उठथ्यो, किन भनिएको होला विश्वकै राजधानी ? त्यसो त मैले कयौँ पटक यो विश्वको राजधानीको भ्रमण गरिसकेकी थिएँ। यस पाला एक महिनाको भ्रमणको क्रममा भने थोरबहुत अध्ययन गर्ने अवसर भने पाएँ।
रातो गुलाब माने ? मायाको चिनो। मायाले संसारमा बाँच्न सिकाउँछ, अघि बढ्न सिकाउँछ, मायामा जात भात, राम्रो नराम्रो, सानो ठूलो, धनी गरिब केही हुँदैन। हुन्छ त केवल माया मात्र। यो मायामा मानिस आफैँमा खुशी हुन्छ, आफै दुःखी पनि। यसले अप्ठेरा पहाड नाघ्छ, समुद्रको लहर पार गर्छ। कल्पनाको सागरमा पौडिन्छ, नाङ्गो पहाडमा हरियाली संसार देख्छ, काँडामा फूल देख्छ, रापमा शितल।
फागुन महिना प्रधानमन्त्री केपी ओलीका लागि विशेष महिना हो। यही महिनामा उनी जन्मिए (फागुन १०) र यही महिनामै उनले जीवनको महत्वपूर्ण अर्धाङ्गिनी राधिका शाक्यसँग (फागुन २२) लगनगाँठो कँसे। यही महिनामै भ्यालेन्टाइन डे (प्रणय दिवस) पनि पर्छ। प्रधानमन्त्री निवासमा छिर्नेबित्तिकै ठट्यौली वातावरण बनाउन हामीले सोध्यौँ, ‘प्रधानमन्त्रीज्यू, यस पटकको प्रेम दिवसमा केही विशेष पो छ कि ? प्रेमका बारेमा यहाँको के छ धारणा ?’
डेढ दशकअघि विश्वचर्चित कम्पनी माइक्रोसफ्ट छाडेर नेपालका गाउँगाउँमा पुस्तकालय खोल्ने अभियान चलाएका थिए– अमेरिकी नागरिक जोन उडले। त्यसै अभियानअन्र्तगत ‘रुम टु रिड’ नामक संस्था खुल्यो र त्यसले बालबालिकाहरूका लागि पुस्तक प्रकाशन सुरु गर्न थाल्यो।
सिएनएन हिरो अमेरिकी नागरिक म्यागी डोयनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न विद्यालय निर्माण गरेकी छन्। कोपिला भ्याली सेवा समाजमार्फत १२ करोड ५० लाख रुपैयाँको लागतमा विद्यालय भवन निर्माण गरिएको हो।
गजुरी गाउँपालिका–३ की ठूलीमाया प्रजा (चेपाङ) ले ७१ वर्षको उमेरमा नागरिकता बनाइन्। ‘सदरमुकाम जान नसकेर नागरिकता बनाएकी थिइनँ,’ मुस्कुराउँदै उनले भनिन्, ‘गाउँमै आएको टोलीले नागरिकता बनाइदियो। अब भत्ताका लागि गाउँपालिका जान्छु।’ एकीकृत घुम्ती शिविरले उनको नागरिकता बनाइदिएको हो।
नेकपाका नेता मणि थापाले सरकारको एक वर्ष आधार वर्ष भएको बताएका छन्। नागरिक फ्रन्टलाइनसँगको कुराकानीका क्रममा बुधबार थापाले सरकारको एक वर्षलाई सिकाइको वर्षमा मात्र हेर्नुपर्ने बेला भएको बताए।
नागरिक फ्रन्टलाइन: नेकपाका स्थायी कमिटी सदस्य, मणि थापा
किन घट्दैछ कम्युनिस्ट साख ? नेकपाका स्थायी कमिटी सदस्य, मणि थापा, नागरिकको स्टुडियोबाट नागरिक फ्रन्टलाइनको लाईभ प्रसारणमा हुनुहुन्छ। कमेन्ट बक्समा लेखेर तपाई पनि प्रश्न सोध्न सक्नुहुन्छ। हामी समेट्नेछौं।
सबै घरका उस्तै संरचना। रंगरोगन पनि उस्तै। करिब दुईदेखि नाैँ सय वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएका पुरातात्विक नेपाली शैलीमा झल्किएका घर, एक तले घरमाचाहिँ जस्ता, अरु धुरीमा टिनका छाना। साढे चार तले एउटा ठूलो भवन, अरु तीन, दुई र एकतले गरी ३० वटा घर झुरुप्प एकै ठाउँमा छन्। खुला कम्पाउण्ड, बाटो तथा बत्तीको सुविधा र हरियाली तथा शान्त वातावरण।
यहाँकी एक महिला विवाह गरेको १९ वर्षपछि पतिको नामबाट नागरिकता लिन सफल भएकी छिन्। लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ३५ वर्षीया आशाकुमारी देवीले आइतबार इलाका प्रशासन कार्यालय (हरिवन)बाट नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन्।
राजस्व अनुसन्धान विभागले आदित्य ट्रेड सप्लायर्सका प्रोप्राइटर भारतीय नागरिक अमितकुमार सहनीविरुद्ध १६ करोड ९८ लाख रुपैयाँ राजस्व चुहावट गरेको आरोपसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागले सहनीविरुद्ध ३६ करोड रुपैयाँ जरिवाना र कैद सजाय माग गर्दै बुधबार मुद्दा दर्ता गरेको हो।