२३ असार २०८१ आइतबार
image/svg+xml

अबको दश वर्षपछि नेपाल अन्तर्राष्ट्रिय जगतमा द्वन्द्व पीडित मुलुकको नागरिक हुन नपरोस्: सञ्चारमन्त्री

‘अबको दश वर्षपछिको नेपाल अन्तर्राष्ट्रिय जगतमा गएर हामी द्वन्द्व पीडित मुलुकको नागरिक हुन नपरोस्। हामी विकासोन्मुख दिशातर्फ अघि बढिरहेको देशको नागरिक भन्न नपरोस्। हामी सुन्दर, सभ्य, समृद्ध देशका नागरिक बन्न सकौं। यो अठोटका साथ हामी अगाडि बढौं।'

स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव छः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव रहेको बताएका छन्।

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाँदैछ भनेर भ्रममा नपर्नुस्ः सञ्चारमन्त्री

नेपाल अर्थतन्त्र श्रीलंकाको बाटोमा गइराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको छ। त्यो हल्लामा कुनै सत्यता छैन। त्यसैले हामीले श्रीलंकाको उदाहरणबाट सचेत होऊ। तर मुलुकको अर्थतन्त्र श्रीलंकाको तर्फ जाँदैछ भन्ने कुराको भ्रममा नपर्नका निमित्त म सबैलाई आग्रह गर्न चाहन्छु। मुलुकको अर्थतन्त्रमा चुनौतीहरु छन्।

सरकार प्रेस स्वतन्त्रताको पक्षमा छः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्।

साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साइबर सुरक्षाको व्यवस्थापन र साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताएका छन्।

डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा छः सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। उनले सरकारले डिजिटल भुक्तानीलाई बढावा दिँदै आएको उल्लेख गरे।

गोरखापत्रलाई डिजिटल प्रतिस्पर्धाको बजारमा ल्याउनुपर्छः मन्त्री कार्की

गोरखापत्र प्रकाशनको १२२औँ वर्ष प्रवेश तथा संस्थानको ६०औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री कार्कीले गोरखापत्रले आफ्नो सोचशैली र गतिलाई समयानुकूल परिवर्तन गरेर गोरखापत्रको इतिहास र गरिमा कायम गर्ने तथा समाज रुपान्तरणमा यसको भूमिका छ भन्ने पाठक वर्गमा विश्वास दिलाउन आग्रह गरे।

जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम-कारबाही गर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिएका छन्।

नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

ज्येष्ठ पत्रकार वृत्ति कोष मापदण्ड बनाउने काम भइरहेको छः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको बताएका छन्।

नेपाल टेलिकम चाँडै फाइभजी ल्याउने योजनामा

नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन ४ गते नेपाल टेलिकमलाई फाइभजी परीक्षणको लागि अनुमति दिएको थियो। टेलिकमले पहिलो चरणमा चार स्थानमा फाइभजीको परीक्षण गर्ने कार्यतालिका बनाएको छ।

खुला विश्वविद्यालयको उपकुलपतिमा बज्राचार्य

नेपालमा महिला उपकुलपति हुनेमा उनी दोस्रो महिला हुन्। यसअघि पनि सरकारले सुदूरपश्चिम विश्वविद्यालयमा भूषण श्रेष्ठलाई उपुकलपति नियुक्त गरकोे थियो। श्रेष्ठ नेपालको विश्वविद्यालयहरूको इतिहासमै पहिलो महिला उपकुलपति बनेकी थिइन्। यसअघि उपकुलपति बज्रचार्य खुला विश्वविद्यालयमा व्यवस्थापन संकायकी डिन र शंकरदेव क्याम्पस प्रमुखसमेत भएकी थिइन्।

कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन्।

सञ्चारमन्त्री कार्कीको दावीः नेपाल १० वर्षभित्रमा दक्षिण एशियामै सम्पन्न मुलुक बन्छ

मन्त्री कार्कीले विज्ञापन सम्बन्धी आचारसंहिताको प्रस्तावित मस्यौंदामाथि सुझाव दिएर यसलाई समृद्ध बनाउन पनि सराकारवाला सबै निकायलाई आह्वान गरे।

आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला होः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन्। सरकारका प्रवक्ता गुरुङले कोरोना भाइरस महामारीका समयमा सरकारको आलोचना मात्रै गर्नेभन्दा पनि सकारात्मक ढङ्गबाट आआफ्ना ठाउँबाट एक जुट भएर सहयोग गर्न सबै राजनीतिक दललाई अनुरोध गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्