२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

खुला विश्वविद्यालयको उपकुलपतिमा बज्राचार्य

आठ महिनादेखि रिक्त रहेको नेपाल खुला विश्वविद्यालयले मंगलबार उपकुलपति पाएको छ। नेपाल सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयलाई मंगलबार सार्वजनिक गर्दै नेपाल खुला विश्वविद्यालयको उपकुलपति पदमा प्राडा शिलु मानन्धर बज्रचार्यलाई नियुक्ति गरेको जानकारी दिए।

नेपालमा महिला उपकुलपति हुनेमा उनी दोस्रो महिला हुन्। यसअघि पनि सरकारले सुदूरपश्चिम विश्वविद्यालयमा भूषण श्रेष्ठलाई उपुकलपति नियुक्त गरकोे थियो। श्रेष्ठ नेपालको विश्वविद्यालयहरूको इतिहासमै पहिलो महिला उपकुलपति बनेकी थिइन्। यसअघि उपकुलपति बज्रचार्य खुला विश्वविद्यालयमा व्यवस्थापन संकायकी डिन र शंकरदेव क्याम्पस प्रमुखसमेत भएकी थिइन्।

०७३ सालमा स्थापना भएको नेपाल खुला विश्वविद्यालयको पहिलो उपकुलपति लेखनाथ शर्माको चार वर्षे कार्यवधि सकिएपछि केही महिना प्राडा इन्द्रबहादुर कार्कीले निमित्त उपकुलपतिको भार सम्हालेका थिए। शर्माको कार्यावधि जेठमै सकिएको थियो।

नियुक्ति हुनुअघि उनी नेपाल खुला विश्वविद्यालयको व्यवस्थापन संकायकी डिन थिइन्। आठ महिनादेखि उपकुलपति रिक्त हुँदा विश्वविद्यालयका शैक्षिक, आर्थिक र प्रशासनिक काम ठप्प बनेको व्यवस्थापन संकाय एबिए कार्यक्रम संयोजक तथा उपप्राध्यापक ज्ञानबहादुर तामाङले बताए।

उनका अनुसार विश्वविद्यालयमा हाल तीनवटै संकायको डिन पद पनि रिक्त छ। विश्वविद्यालयमा रजिष्ट्रार, उपकुलपति, डिनलगायतका पदाधिकारी नहुँदा विश्वविद्यालयले सरकारबाट प्राप्त गरेको आफ्नो जग्गामा भवन निर्माणको कार्य गर्न सकेको छैन भने विद्यार्थीले आफूले अध्ययन पूरा गरेको विषयमा ट्रास्क्रिप्ट लिन सकेका छैनन्।  ‘जेठ असारमा विद्यार्थीले विभिन्न तह पूरा गरे पनि पदाधिकारी नहँुदा ट्रान्सक्रिप्ट दिन पाएको छैन।

विद्यार्थीहरू निवेदन लिएर मन्त्रालयदेखि अनुदान आयोग धाएका छन्। दुई साताअघि बल्ल प्राडा गोविन्दसिंह बिष्टलाई रजिष्ट्रार नियुक्ति गरिएको छ। मंगलबार विश्वविद्यालयले उपकुलपति पायो,’ संयोजक तामाङले नागरिकसँग भने, ‘अब विश्वविद्यालयले आफ्नो जग्गामा भवन निर्माण कार्य सुरु गर्ने बाटो खुल्यो। विद्यार्थीको ट्रान्सक्रिप्ट उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ। तर अझै पनि तीनवटै संकायको डिन पद खाली छ। प्राज्ञिक कार्य रोकिएको छ। अब डिन पनि छिटै नियुक्ति गरेर उपकुलपतिले विश्वविद्यालयलाई अघि बढाउने काम गर्नुपर्छ।’

विश्वविद्यालयका अर्का उपप्राध्यापक खेम जोशीले विश्वविद्यालयले उपकुलपति पाएसँगै अब भक्तपुर सानोठिमीमा सरकारले उपलब्ध गराएको १२ रोपनी जगामा भवन निर्माण प्रक्रिया सुरु हुने र सातै प्रदेशमा एक–एक सम्पर्क कार्यलय स्थापनको काम सुरु हुने जनाए। उनले हाल विश्वविद्यालयले स्नातकदेखि विद्यावारिधिसम्मको कार्यक्रम सञ्चालन गरिरहेको बताए।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीको संयोजकत्वमा गठिनत सिफारिस समीतीले बज्रचार्यलगाएत प्राडा मनप्रसाद बाग्ले र प्राडा इन्द्रबहादुर कार्कीको नाम उपकुलपतिकोलागि सिफारिस गरेको थियो। नेपाल खुला विश्वविद्यालयको कुलपति शिक्षामन्त्री रहने ब्यवस्था .छ। कुलपतिको प्रस्तावमा मन्त्रीपरिषदे उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस समितिले दिएको प्रस्तावित नाममध्ये बज्रचार्यको नामा प्रस्ताव गरेका थिए।

चितवनमा शिक्षक अस्पताल बन्ने  

मन्त्रिपरिषद्को सोहि बैठकले चितवनमा शिक्षक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढानउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको समेत सरकारका प्रवक्ता कार्कीले जनाए। चालु आर्थिक वर्षको बजेटमै शिक्षक अस्पताल बनाउने सरकारी निर्णय भएको थियो। जसमा विज्ञहरूले घोर आपत्ति जनाउँदै आएका थिए।

सरकारले सोमबार गरेको निर्णयमा चितवनको भरतपुर महानगरपालिका–१५ मा रहेको भगवानपुरमा शिक्षक अस्पताल बनाउने सैद्धान्तिक स्वीकृति मन्त्रालयलाई दिएको निर्णयमा उल्लेख छ। शिक्षामन्त्री पौडेलले शिक्षक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए।

मन्त्रालयका अनुसार चितवनको भगवानपुरमा २१ बिगाहा जग्गमा अस्पताल बनाउने प्रक्रिया सुरु भएको छ। हाल नेपालमा सेना, प्रहरी र निजामती अस्पताल सञ्चालनमा छ

प्रकाशित: १९ माघ २०७८ ०५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App