२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

ज्येष्ठ पत्रकार वृत्ति कोष मापदण्ड बनाउने काम भइरहेको छः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको बताएका छन्।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले ६५ वर्षमाथिका पत्रकारहरुलाई जीवन यापनमा सहयोग पुगोस् भनेर व्यवस्था गरिएको सो कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको बताएका हुन्।

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पत्रकार तथा आम सञ्चार क्षेत्रको सबै सेवाहरु सूचना प्रविधिको माध्यामबाट हुने गरी आगामी आर्थिक वर्षबाट सूचना प्रविधि प्रणालीको विकासको लागि काम भइरहेको पनि बताए।

त्यस अवसरमा मन्त्री कार्कीले श्रमजीवि पत्रकारहरुको हक, हित तथा उनीहरुको भौतिक सुरक्षा गर्न सरकार प्रतिवद्ध रहेको पनि दोहोर्‍याए। सबै नागरिकमा सूचनाको हकको पहुँच वृद्धिका लागि सरकारले आवश्यक नीतिगत, कानुनी र संस्थागत प्रणालीहरुको विकास गरिरहेको उनको भनाइ थियो।

सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आम सञ्चार नीति कार्यान्वयन हुने गरी तत्काल कानुन बनाउन सरकारको ध्यानाकर्षण गराए। उनले श्रमजीवि पत्रकारहरुको न्युनतम पारिश्रमिक वृद्धि गर्न सरकार उदासिन बनेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

अध्यक्ष पोखरेलले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक ऐन कार्यान्वयन गराउन पनि सरकारले जोड दिनुपर्ने आवश्यक्ता औंल्याए।

प्रकाशित: १६ चैत्र २०७८ ११:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App