२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राज्यको आँखा नपरेको ‘स्तुपा’

सहरभसरि भूकम्पमा भत्किएका मठमन्दिर धमाधम ठडिँदै छन्। स्विस सरकारको सहयोगमा त्रिपुरा सुन्दरी र तलेजु भवानी भर्खरै उठ्यो। सरकारी लगानीमा बनिरहेको भीमेश्वर मन्दिरको भण्डारघर अन्तिम चरणमा छ।

गोली केन्द्रबिन्दु बनाएर भूकम्प

सोलुखुम्बुको गोलीलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्नीच्यूटको भुकम्प गएको छ । आज विहान ७ बजेर ७ मिनेटको अवस्थामा लिखुपिके गाउँपालिकाको गोलीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्नीच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

चार वर्षपछि भारतले बल्ल पूरा गर्‍यो बाचा, २ अर्ब ४५ करोड नेपाललाई हस्तान्तरण

भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ।

खाता सक्रिय गरी अनुदान रकम लिन लाभग्राहीलाई आग्रह

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेकोका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता सुचारु गर्न अनुरोध गरेको छ।

विद्यालयमा भूकम्पप्रतिरोधी भवन

सरस्वती माविमा भूकम्पप्रतिरोधी भवन निर्माण गरिएको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)को आर्थिक सहयोगमा सो विद्यालयको चार कोठा रहेको दुईतले भवन निर्माण गरिएको हो।

ताइवानमा ५.९ रेक्टरस्केलको भूकम्प

ताइवानमा बिहीबार आएको ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ।

तीन सय ८० सम्पन्न, यो वर्ष १५० बनाइने

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएका तीन सय ८० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ। तिमध्ये विश्वसम्पदामा सूचीमा परेका ९६ वटा सम्पदा पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

भानुआतुमा शक्तिशाली भूकम्प

प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआतुमा बुधबार ५.९ रिक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो।

भूकम्पको किस्ताबाट ऋण असुल्दै बैंक

गोरखा सदरमुकामको ओम डेभलप्मेन्ट बैंकले भूकम्पपीडितलाई सरकारले दिएको अनुदानको पैसाबाट ऋण असुली गरेको खुलेको छ।

समन्वय नहुँदा भूकम्पपीडित मारमा

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय इमेलमा भर पर्दा ओखलढुंगाका भूकम्पपीडितसम्म उनीहरू लाभग्राही सूचीमा परेको सूचना पुगेको छैन।

सबैभन्दा धेरै पुनर्निर्माण सिन्धुपाल्चाेकमा, कुन जिल्लामा कति घर बने ? (सूचीसहित)

२०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९ सय ७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन्।  थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन्।

समन्वय नहुँदा भूकम्पपीडित मारमा

खिजिदेम्बा गाउँपालिका–४ खिजिकातीका लालप्रसाद घिमिरेको घर २०७२ वैशाख १२ मा आएको विनाशकारी महाभूकम्पमा परी बस्नै नहुने गरी क्षति भयो। भूकम्पमा घर पूर्ण क्षतिमा परे पनि उनी राहत पाउने सूचीमा परेनन्। पहिलो पटक लाभग्राहीको सूचीमा नपरेका घिमिरेले गुनासो फारम भरे। तर त्यसपछि पनि लाभग्राहीको सूचीमा उनको नाम परेन।

७० सरकारी भवन पुनर्निर्माण सकियो

भूकम्पले पूर्ण रुपमा क्षति भएका ७० वटा सरकारी कार्यालय भवन निर्माण सम्पन्न भएको छ। निर्माण सम्पन्न भएकामध्ये सरकारको स्रोतबाट ३० वटा र एसियाली विकास बैंकको ऋण सहयोगमा ४० वटा भवन तयार भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्