टोकियो – जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्निच्युडको भूकम्प गएको छ।
जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ। स्थानीय समयानुसार बिहीबार बिहान २ बजेर ३३ मिनेटमा सो भूकम्पको कम्पन महसुस गरिएको थियो।
जापान भूकम्पको उच्च जोखिममा रहेको छ। सन् २०११ मा जापानमा गएको ९ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी जापानमा १९ हजारको ज्यान गएको थियो।
प्रकाशित: ३१ श्रावण २०७६ ०२:२० शुक्रबार