२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

अभियान व्यवधान गर्ने काम एमालेलाई स्वीकार्य छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेची–महाकाली अभियानका समयमा कसैले व्यवधान गर्न खोजे त्यो एमालेलाई स्वीकार्य नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले जसले व्यवधान गरे पनि त्यो एमालेलाई स्वीकार्य नहुने बताए।

तत्काल चुनाव मिति नतोके जनदबाब : एमाले

प्रमुख प्रतिपक्षी एमाले सरकारले चाँडै चुनाव मिति नतोके आन्दोलनमा जाने भएको छ। पोलिटब्युरो बैठकले पारित गरेको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवदेनमा चुनाव सुनिश्चितताका लागि सरकारले ठोस कदम नचाले जनदबाबका विभिन्न विकल्प खोज्ने भनिएको छ।

एमाले युवा संघको विवाद चुलियोः छुट्टै महाधिवेशन गर्ने नेपाल पक्षधरको चेतावनी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल माधव नेपाल पक्षधरले एक हप्ताभित्र आफूहरुले अघि सारेका मागहरु सम्बोधन नभए छुट्टै महाधिवेशन गर्ने चेतावनी दिएको छ ।

संविधान संशोधनमा एमाले लचक

प्रमुख प्रतिपक्षी एमालेले निर्वाचन सुनिश्चित भए संविधान संशोधन प्रक्रिया अघि बढाउन लचिलो बन्ने संकेत गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार सुरु पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विपक्षमा उभिने निर्णय यथावत् रहे पनि मधेस केन्द्रित दलहरू निर्वाचनमा आउने सुनिश्चि भए संशोधन प्रस्ताव मतदानबाट टुंगो लगाउन तयार हुनुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।

निर्वाचनको विकल्प नसोच : एमाले

नेकपा एमालेले संविधानले निर्धारण गरेको तीनै तहका निर्वाचनको विकल्पबारे नसोच्न सत्तारुढ दललाई ध्यानाकर्षण गराएको छ। अध्यक्ष केपी शर्मा ओली निवास, बालकोटमा भएको स्थायी कमिटी बैठकले आगामी मंसिरभित्र तीनै तहको निर्वाचन गराउने राजनीतिक र कानुनी वातावरण बनाउन सरकारको ध्यानकर्षणसमेत गराएको छ।

सीमाभित्र तीनै तहको निर्वाचन सक्न एमालेद्वारा ध्यानाकर्षण

नेकपा एमालेले २०७४ मंसिरअघि नै तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो।

'कांग्रेसले एमालेसँगको सम्बन्ध किन तोड्यो?'

कांग्रेस, एमाले गठबन्धन गरिराख्ने हो भने तराईको असन्तुष्ट पक्ष झन टाढा पुग्छ। तल्लो भेगलाई नजिक ल्याउनुपर्छ। यही कारणले कांग्रेसले एमालेसँगको सम्बन्धलाई तोडेर मधेशलाई नजिक ल्याउने प्रयास गरेको हो।

मोर्चा-एमाले वार्ता विफल

'पानी बाराबार' को जस्तै अवस्थामा रहेका एमाले र मधेसी मोर्चाबीच सम्बन्ध सुधार्न दुवै पक्षका दोस्रो तहका नेताले अघिल्लो साता गरेको प्रयास खेर गएको छ। चिसिएको सम्बन्ध सुधार्न दुवै पक्षका दोस्रो तहका नेताहरूले विभिन्न चरणमा अनौपचारिक छलफल र संवाद गरेका थिए।

फोरमका केन्द्रिय सदस्य एमाले प्रवेश

संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य गुलाम सरोवर सेख एमालेमा प्रवेश गरेका छन्। पार्टी मुख्यालय धुम्वाराहीमा आयोजित एक कार्यक्रममा एमाले महासचिव इश्वर पोखरलेले सेख सहितका नेताहरुलाई एमालेमा प्रवेश गराए। सेख फोरमका मुस्लिम विभाग प्रमुख थिए।

एमालेले १५ लाख कार्यकर्ता परिचालन गर्ने

राई-मधेसलाई केन्द्रित गर्दै प्रमुख विपक्षी एमालेले सञ्चालन गर्ने मेची–महाकाली राष्ट्रिय अभियानमा १५ लाख कार्यकर्ता परिचालन गर्ने भएको छ। एमाले मुख्यालय धुम्बाराहीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सचिव प्रदीप ज्ञवालीले १५ दिने अभियानक्रममा पार्टी कार्यकर्ता तराईमधेसका सबै घरमा पुग्ने बताए।

अखण्ड नेपाल पार्टीका उपाध्यक्ष एमाले प्रवेश

अखण्ड नेपाल पार्टीका उपाध्यक्ष पुष्पा भण्डारी बुधबार नेकपा एमाले प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराए। राष्ट्रियताको सवालमा एमालेको अडान सही भएकाले आफू प्रवेश गरेको उनले बताए।

एमाले विद्यार्थी संगठनले देशभरका क्याम्पसमा राष्ट्रिय झन्डा फहरायो

अनेरास्ववियुले मंगलबार देशभरका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराएको छ। स्ववियु निर्वाचनलाई राष्ट्रियतासँग जोड्न देशभरका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराइएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी गराए।

कांग्रेस—एमालेका युवाबीच ग्याङ फाइट, युवा संघ कार्यकर्ता गम्भीर घाइते

एक साताअघि युवाहरुबीच भएको झगडा मिलाउने क्रममा आइतबार राती एमाले उपमहानगर कमिटि सदस्य तथा युवा संघका इञ्चार्ज दिवस राई गम्भीर घाइते भएका छन्।

संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ सङ्कल्पित रहेको बताएका छन्।

'अर्को ल्होसारमा एमाले सरकार'

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी एक वर्षभित्र एमाले नेतृत्वको सरकार बन्ने बताएका छन्। तामाङ समुदायको नयाँ वर्ष ज्या ल्हो (चरा वर्ग) सोनाम ल्होसारको पूर्वसन्ध्यामा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, 'पहिला एमालेले तामाङ समुदायबाट मन्त्री बनाएन भन्ने यहाँहरूको गुनासो छ, अब धेरै समय पर्खनुपर्दैन, अर्को ल्होसार आसपास यहाँहरूको माग पूरा हुन्छ, एमाले नेतृत्वमा सरकार बन्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्