५ आश्विन २०८१ शनिबार
image/svg+xml

वीर अस्पताल विस्तार परियोजना सुस्त

सरकारले दुई वर्षअघि घोषणा गरेको वीर अस्पताल विस्तार परियोजना कार्यान्वयनमा ढिलासुस्ती भएको छ। सरकारले भक्तपुरको दुवाकोटस्थित वीर अस्पतालको जग्गामा १५ सय शड्ढया क्षमताको भवन निर्माण गरी अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ सेवा दिने र प्राज्ञिक संस्थानमा परिणत गर्ने घोषणा गरेको थियो।

ठूला परियोजना कार्यान्वयन सम्झौता हुने

नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा दीर्घकालीन अर्थ राख्ने ठूला जलविद्युत् र रेल परियोजनामा गहन ढंगले छलफल गरी रणनीतिक योजना तय गर्नुपर्ने विज्ञ सुझाव छ।

कृषि परियोजनाको बजेट ११ करोड

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चालू आर्थिक वर्षका लागि १० करोड ९१ लाख रुपैयाँ खर्च गर्ने गरी बजेट तथा कार्यक्रम आइतबार सार्वजनिक गरेको छ।

माथिल्लो कर्णाली परियोजनासम्बन्धी सम्झौता खारेज गर्न माग

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले माथिल्लो कर्णाली परियोजना सम्बन्धी सम्झौता खारेज गर्न माग गरेको छ।

स्वीच थिचेर गरे ओली-मोदीले पाइपलाइन उद्घाटन

अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उदघाटन गरेका छन्।

एडीबीका परियोजना सन्तोषजनक रहेको निष्कर्ष

एशीयाली विकास बैंक (एडीबी) द्धारा संचालित पुनर्निर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनाको प्रगति सन्तोषजनक रहेको पाइएको छ ।

आफ्नै भवन हुँदाहुँदै मासिक २७ हजार तिरेर कार्यालय भाडामा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिमी जोन कार्यालयका लागि साविकको जिल्ला कृषि विकास कार्यालयका आफ्नै तीन वटा भवन हुँदाहुँदै अर्को घर भाडामा लिएको पाइएको छ।

खाद्य सुरक्षामा सुधार ल्याउन अफ्रिकामा नयाँ परियोजना

परियोजनाका कारण केन्यामा वार्षिक चार लाख मेट्रिक टन धान बढी उब्जाउ हुने विश्वास व्यक्त गरिएको छ।

खाद्य सुरक्षामा सुधार ल्याउन अफ्रिकामा नयाँ परियोजना

अफ्रिकाको एउटा अनुसन्धान केन्द्रले केन्या, युगान्डा र म्याडागास्करका करिब तीन लाख घरपरिवारलाई लक्षित गरी नयाँ धान विकास परियोजना आरम्भ गरेको छ। अफ्रिका धान केन्द्र (अफ्रिका राइस सेन्टर) ले स्थानीय जनताको आयवृद्धि र खाद्य सुरक्षा दुवै अभिवृद्धि गर्न धानसम्बन्धी नयाँ र उपयुक्त प्रविधि विकास गरिने जनाएको छ। तीन वर्षसम्म सञ्चालन हुने यस परियोजनाबाट धानको उत्पादकत्व वृद्धि गर्न र प्रतिस्पर्धात्मक क्षमता बढाउन किसानलाई सहयोग गरिनेछ।

'राष्ट्रहित विपरित सम्झौता, स्वाधिनतामाथि नै खेलवाड'

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा राष्ट्रहित विपरित सम्झौता गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

तेस्रो पूर्वाधार सम्मेलन भदौ २५ गतेबाट

नेपाल उद्योग परिसंघले आगामी भदौ २५ गतेबाट तेस्रो पूर्वाधार सम्मेलन गर्ने भएको छ। काठमाडौंमा हुने उक्त सम्मेलनमा सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय समेतको सहकार्यमा सम्मेलनको तयारी भइरहेको परिसंघले जानकारी गराएको छ।

अरुण तेस्रोको भौतिक प्रगति २२ प्रतिशत

संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको २२ प्रतिशत भौतिक निर्माणको काम सम्पन्न भएको छ।

चिनिया सहयोगको महात्वाकांक्षी रेल परियोजना मलेसियामा पुनः सुरु

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा मलेसियामा निर्माण हुन लागेको रेल परियोजना बिहीबारदेखि पुनः सुरु भएको छ। मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले उक्त परियोजनामा भ्रष्टाचार भएको र मुलुक ऋणको चपेटामा पर्ने बताउँदै छ सय ४० किलोमिटर लामो यो रेल परियोजना स्थगित गरका थिए।

मेचीनगरको गौरवकै परियोजनाको बजेट फ्रिज

मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५/७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ।

प्रधानमन्त्रीकै कार्यक्रममा करोडौं भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालत मुद्दा दर्ता गरेको छ। बिहिबार आरोपितलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दर्ता गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्