१६ असार २०८१ आइतबार
image/svg+xml

सुशील र लक्ष्मण फाइनलमा

त्रिभुवन आर्मी क्लबका सुशील थापाले एचटुओका रविन थापालाई ५–० अंकले हराउँदै थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ छनोटको ४८ केजी तौल समूहको फाइनलमा स्थान बनाएका छन्।

‘थाइल्यान्डसँगको खेल स्वाभाविक नतिजामा केन्द्रित’

‘थाइल्यान्डको राष्ट्रिय टोली र त्यहाँको क्लबविरुद्धको मैत्रीपूर्ण खेल हाम्रा लागि आफ्नो कमी -कमजोरी सुधार्ने अवसर बन्न सक्छ। थाइल्यान्ड फिफा वरीयतामा १ सय १२औं स्थानमा छ भने नेपाल भने १ सय ६७औं स्थानमा।’

थाइल्यान्डले सिनोभ्याक र अष्ट्राजेनेकाको मिश्रित खोप दिने

थाइल्यान्डले चीनको सिनोभ्याक कम्पनीले उत्पादन गरेको खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज दिँदा अष्ट्राजेनेकाको खोप दिने निर्णय गरेको छ। रोगविरुद्ध लड्न सक्ने क्षमता बढाउन यी दुवै कम्पनीको खोप दिन लागिएको थाइल्यान्डले सोमबार जनाएको छ।

थाइल्यान्डका राजाले पठाए नेपाललाई स्वास्थ्य सामग्री

थाइल्यान्डका राजाले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाएका छन् ।

नेपाल र थाइल्यान्डले पर्यटनमा सहकार्य गर्ने

नेपाल र थाइल्यान्डबीच पर्यटन प्रवर्धनमा सहकार्य गर्ने सहमति भएको छ। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरस्फबीच भएको भेटवार्तामा दुवै देशले एक अर्कोको पर्यटन प्रवर्धनमा सहकार्य गर्ने बताएका हुन्।

थाइल्यान्डका नेपालीसँगै ‘उद्धार’ उडानबाट स्वदेश फर्किइन् पूर्वयुवराज्ञी हिमानी

कोरोना महामारीका कारण थाइल्यान्डमा अलपत्र नेपालीलाई मंगलबार नेपाल एयरलाइन्सको विमानले स्वदेश ल्याउने क्रममा हिमानी र उनका छोरा हृदयन्द्र पनि आएका हुन् ।

थाइल्यान्डमा विद्रोहीद्वारा १५ सर्वसाधारणको हत्या

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आक्रमणकारीलाई न्यायको कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

थाई नरेशले खोसे आफ्नै ‘पत्नी’को शाही उपाधि

थाइल्यान्डका नरेश (राजा) महा वाचिरालंकनले आफ्नी एक ‘पत्नी’को शाही उपाधि खोसेका छन्। उनी राजा बन्नुभन्दा पहिला ती महिला उनकी एक भित्रिनी थिइन्।

राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड प्रस्थान

नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि आज थाइल्यान्ड प्रस्थान गरेको छ।

बाढीका कारण २० हजार फसे

थाइल्यान्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दाबढी मानिस बाढीका कारण विभिन्न ठाउँमा फसिरहेको जनाएको छ। विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार २० हजार ६ सय २० जना बाढीका कारण उत्तरपूर्वी प्रदेशहरुमा फसेका छन्।

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप : नेपाललाई चार स्वर्ण

नेपाली खेलाडीले थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ४ स्वर्ण जितेका छन्। विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेको टोली नेता बब्लु सिवाकोटीले जनाएका छन्। सुप्रिया बजगाईं र पूजा कुँवर फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पदक पक्का गरेका छन्। अरुण टमाटाले कांस्यमा चित्त बुझाए।

कराते टोली थाइल्यान्ड जाँदै

थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक जाने भएको छ ।

थाई नरेशको राज्याभिषेक सम्पन्न

थाइल्यान्डका नरेश महा वजिरालंकर्नले शनिबार राज्याभिषेक गरेका छन्। बैंककस्थित ग्रान्ड प्यालेसमा जल सेचन गरेर नरेश वजिरालंकर्नको राज्याभिषेक गराइएको दरबारका अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। थाइल्यान्डमा राज्याभिषेकलाई राज्य संचालनको पूर्ण अधिकारका लागि गरिने एउटा महत्वपूर्ण सांस्कृतिक प्रक्रियाको रूपमा लिइन्छ।

थाइल्यान्डको छ स्थानमा पुनः निर्वाचन हुने

मतदानमा अनियमितता भएको भनिएका विभिन्न छ स्थानमा पुनः निर्वाचन गर्ने थाइल्यान्डको निर्वाचन आयोगले जानकारी गराएको छ।

प्रदर्शन नगर्न थाई सेना प्रमुखको चेतावनी

देशमा भर्खरै सम्पन्न भएको निर्वाचन धाँधलीयुक्त भएको भन्दै देशमा प्रदर्शन हुने संकेतपछि थाइल्यान्डको सेनाले त्यसो नगर्न मंगलबार चेतावनी दिएको छ। देशको राजसंस्थालाई सम्मान गर्न अपिल गर्दै थाई सेना प्रमुख जनरल अपिराट कोङसोमपोङले यदि प्रदर्शन जारी रहे त्यसले देशको लोकतन्त्रलाई नै धरापमा पार्न सक्नेतर्फ पनि संकेत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्