२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइल्यान्डमा विद्रोहीद्वारा १५ सर्वसाधारणको हत्या

विद्रोहीको आक्रमणमा मारिएका एक स्वयंसेवीको शोकाकुल परिवार। तस्बिर : एजेन्सी

बैंकक (एजेन्सी) – दक्षिणी थाइल्यान्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ। थाइल्यान्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण संघर्ष चलिरहेको छ।

थाइल्यान्डको दक्षिणमा अवस्थित तीनवटा प्रान्तमा जारी विद्रोही आक्रमणमा हालसम्म सात हजारभन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ। मलाया–मुस्लिम विद्रोहीले बढी स्वायत्तताको माग राखी सशस्त्र आन्दोलन गरिरहेका छन्।

यो क्षेत्रमा थाई सरकारले सैनिक कानुन लगाएको छ। यहाँ सैनिक र प्रहरीको बाक्लो उपस्थिति रहनुका साथै तालिमप्राप्त नागरिक स्वयमसेवी परिचालन गरिएको छ। स्थानीयबासी र अधिकारकर्मीले सैनिक कानुनका कारण कठिनाई भोग्नुपरेको बताउँदै आएका छन्।

गत मंगलबार विद्रोहीले याला प्रान्तका दुई वटा जाँच चौकीमा आक्रमण गरेका थिए। सेनाका प्रवक्ता प्रमोट प्रोम–इनले आक्रमणका कारण १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन्।

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आक्रमणकारीलाई न्यायको कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

आक्रमणकारीले एम–१६ राइफल र सटगनसमेत लुटेर लगेको जानकारी दिँदै सो क्षेत्रमा सैनिक परिचालन गरिएको र आक्रमणकारीको खोजी तीब्र बनाएको उनले बताए।

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आक्रमणकारीलाई न्यायको कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेको रक्षा मन्त्रालयका प्रवक्ता कोङचीप तान्त्राभानिचले उल्लेख गरेका छन्।

मलेसियासँग सीमा जोडिएको यस क्षेत्रमा सक्रिय विद्रोहीले बौद्धमार्गी बहुल थाई सरकारविरुद्ध सशस्त्र संघर्ष गरेको वर्षौं भइसकेको छ। यो क्षेत्र एक सय वर्षभन्दा अघि थाइल्यान्डले अधीनस्थ गरेको थियो।

प्रकाशित: २१ कार्तिक २०७६ ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App