६ आश्विन २०८१ आइतबार
image/svg+xml

सत्ताधारी दलले मधेसी समुदायलाई विदेशी नजरले हेर्‍योः नेता रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले मधेसी समुदायलाई विदेशी नागरिकको रुपमा व्यवहार गरेको आरोप लगाएका छन्। बुधबार सर्लाहीको लालबन्दीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले भने, ‘सत्ताधारी नेकपा सबै मधेशीलाई विदेशी देख्छ। ‘जुन कुरा मधेशी समुदायप्रति उसको व्यवहारले पुष्टि गरिसकेको छ।’

‘वंशजको नागरिकतामा सर्वाेच्चले रोक लगाएर लाखौं नेपालीलाई राज्यविहीन बनायो’

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जन्मको आधारमा वंशजको नागरिकता दिने गृह मन्त्रालयको परिपत्रमा सर्वाेच्च अदालतले रोक लगाउनु दुःखद भएको टिप्पणी गरेको छ। गृहले मन्त्रीस्तरीय निर्णयबाट जन्मका आधारमा वंशजको नागरिकता दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दिएको परिपत्र कार्यान्वयन नगर्न÷गराउन सर्वाेच्चले सोमवार आदेश जारी गरेपछि राजपाले मंगलबार विज्ञप्ति निकालेर चिन्ता व्यक्त गरेको हो।

बंशजको नागरिकता दिने गृहको परिपत्र कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतले बंशजका आधारमा नागरिकता वितरण गर्न गृह मन्त्रालयले जारी गरेको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।  न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृहबाट जारी बंशजका आधारमा नागरिकता वितरण गर्ने परिपत्र यथास्थितीमा राख्न सरकारमा नाममा आदेश जारी गरेको हो।

संसदलाई छलेर अंगीकृतलाई वंशजको नागरिकता दिनु राष्ट्रघात : नेता केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीलाई उच्च पदमा पु-याउन जन्मसिद्धको आधारमा नागरिकता दिने निर्णय भएको बताएका छन्। संसदमा छलफलमा रहेको नागरिकता विधेयकलाई लत्याएर मन्त्रिपरिषदबाट निर्णय गरेर अंगीकृत नागरिकबाट जन्मिएकालाई बंशजको नागरिकता दिएर सरकारले राष्ट्रघात गरेको उनले बताए।

नागरिकता विधेयकमाथिको छलफल रोकियो

वैवाहिक अंगीकृत नागरिकता प्राप्तिका लागि सीमा तोक्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा विवाद भएपछि उपसमितिको बैठक पनि स्थगित भएको छ।

विभेदकारी नागरिकता नीति

सन् २००३ मा तिब्बतका झन्डै दुई सय दामन(नेपालीको एक समुदाय)ले ‘न्याचुरलाइजेसन’मार्र्फत चिनियाँ नागरिकता पाए। यो समुदायले चीनको नागरिक कहलिन दुई शताब्दी कुर्नुुपर्‍यो। तामाङसँग मिल्दोजुल्दो यो समुदाय नेपालका गोर्खालीका सन्तान थिए।

नागरिकता विधेयकमा नेकपाभित्र विवाद

संसदमा पेस भएको नागरिकतासम्बन्धी विधेयक छलफल भइरहेका बेला सत्तारुढ नेकपाभित्र सोही विषयलाई लिएर असन्तुष्टि बढेको छ। हाल राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा देखिएका समस्या समाधान गर्न सांसद विजय सुब्बाको संयोजकत्वमा उपसमिति गठन गरेर छलफल गरिहरको भए पनि सत्तारुढ सांसदबीचै असन्तुष्टि उत्पन्न भएको हो।

दुर्गम गाउँमा घुम्ती शिविर

उमाकुण्ड गाउँपालिकाको वडा नं. १ र २ मा दुई दिन संचालन गरिएको घुम्ती शिविरबाट दुर्गम गुम्देल र बाम्ती गाउँका सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा दुई सय ४१ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।

विदेशी बुहारी र ज्वाँइलाई नागरिकताबारे संसदीय समितिमा विवाद

वैवाहिक अंगीकृत नागरिकता प्राप्तिका लागि सीमा तोक्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा विवाद भएपछि उपसमिति गठन भएको छ। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक समितिमा पुगेपछि पाँच महिनादेखि छलफल जारी छ। विदेशी बुहारी र ज्वाँइलाई नागरिकता दिँदा वैवाहिक सम्बन्ध हुनासाथ दिने वा समय निर्धारण गरेर दिनेभन्ने विषयमा विवाद भएपछि उपसमिति गठन भएको हो। नौ सदस्यीय उपसमितिले विभिन्न राजनीतिक दलका शीर्षतहका नेतासँग छलफल गरेर दुई साताभित्र विवादलाई टुंगोमा पु-याउनेछ।

नागरिकता विधेयक फिर्ता लिन माग

नेकपा (माले)ले सङ्घीय संसद्मा पेश गरेको नागरिकता ऐन–२०६३ को संशोधन विधेयकका आमाको नामबाट वंशजको नागरिकता पाउनुपर्ने र नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले स्वतः अङ्गीकृत नेपाली नागरिकता पाउनुपर्नेजस्ता माग राष्ट्रिय हित विपरीत रहेको ठहर गरेको छ।

अब उपनाम राखेर पनि नागरिकता लिन पाइने

कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको साेमवारको बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने विषयमा सहमति जुटाएको हो।

सीके राउत समूहको बैठक लहानमा, सहभागी हुन नागरिकता अनिवार्य

सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको बैठक लहानमा हुने निश्चित भएको छ। गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमतिपछि हुन लागेको यो पहिलो बैठक हो।

नागरिकता आफैं सच्याए ६ महिना कैद

नागरिकता आफूखुसी सच्याए बढीमा ६ महिनासम्म कैद सजाय हुने भएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको शुक्रबार बसेको बैठकमा नागरिकतामा जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको विवरणबाहेक व्यक्तिले कुनै कुरा थपघट गरेमा ३ देखि ६ महिना कैद र १० देखि ५० हजार रुपैयाँ जरिवाना गर्ने विषयमा सहमति भएको हो।

दोहोरो नागरिकता लिनेलाई कडा कारवाही हुने

दोहोरो नागरिकता लिनेलाई तीनदेखि पाँच वर्षसम्म कैद र रु एकदेखि तीन लाखसम्म जरिवाना गर्ने गरी नागरिकता विधेयकमा सहमति जुटेको छ। राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा भइरहेको दफावार छलफलमा यस्तो सहमति जुटेको हो। विधेयकका दफा ५, ६ र ७ बाहेक सबै बुँदामा सहमति जुटेको सभापति शशी श्रेष्ठले जानकारी दिइन।

मियाँको नागरिकतामा 'मानवीय त्रुटि'

मुस्लिम आयोगका अध्यक्षमा सिफरिस गरिएका समिम मियाँ अन्सारीको नागरिकतामा उल्लेख भएको जन्ममिति फरक पर्नुमा जिल्ला प्रशासन कार्यालय काठमाडौले कर्मचारीको मानवीय त्रुटि कारण रहेको बताएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले संसदीय सुनुवाइ समितिलाई विवरण खुलाई पठाएको पत्रअनुसार उनको जन्ममिति २०३० साल असोज २४ गते नै भएको प्रतिलिपी लिँदा मानवीय त्रुटिका कारण २०३७ साल असोज २४ गते उल्लेख भएको पत्र पठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्