६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नागरिकता विधेयकमाथिको छलफल रोकियो

काठमाडौं – वैवाहिक अंगीकृत नागरिकता प्राप्तिका लागि सीमा तोक्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा विवाद भएपछि उपसमितिको बैठक पनि स्थगित भएको छ।

गत ७ चैतमा सांसद विजय सुब्बाको संयोजकत्वमा गठन भएको उपसमितिका अहिलेसम्म तीनवटा मात्र बैठक भएका छन्। बिहीबार बसेको बैठकमा सामान्य छलफल भएपछि बैठक अनिश्चित कालका लागि स्थगित भएको हो।

छलफल निकर्षमा पुग्न नसकेको र शीर्ष नेतासँग छलफल पनि तत्कालै हुन नसक्ने भएपछि बैठक अनिश्चित कालका लागि स्थगित भएको छ। समितिले दुई साताभित्र प्रतिवेदन दिन भन्दै उपसमिति गठन गरेको थियो। उपसमिति संयोजक सुब्बाले भने संसद्को तेस्रो अधिवेशन अन्त्य भएपछि एकपटक सबै सांसद जिल्ला जाने भनेपछि बैठक स्थगित भएको बताए।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक राज्य व्यवस्था समितिमा पुगेपछि पाँच महिनादेखि छलफल जारी छ। गत साउन २२ गते संसद्मा दर्ता भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था समितिमा पुगेपछि असोज १९ गतेबाट छलफल सुरु भएको थियो।

प्रकाशित: १६ चैत्र २०७५ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App