२० आश्विन २०८१ आइतबार
image/svg+xml

दुई साताका लागि सचिवालय बैठक स्थगित

सोमबारको बैठकमा विभागको जिम्मेवारीका कुरा आएपछि प्रधानमन्त्री ओलीले आज बाघ दिवस भएकाले त्यसलाई सरकारी तबरबाट कसरी संरक्षण गर्न सकिन्छ भन्दै सल्लाह सुझाव मागेर विषयान्तर गरेका थिए।

नेकपाको बैठक सकियोः श्रेष्ठ भन्छन्–'स्कूल विभागमा मात्रै विवाद भन्न मिल्दैन'

स्कूल विभागमा किन धेरै विवाद भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा श्रेष्ठले भने ‘हाम्रो सचिवालयले अहिलेसम्म कुनै विभागको नेतृत्वबारे निर्णय नगरेको भन्दै स्कूल विभागमा मात्रै विवाद भन्न नमिल्ने बताए।

प्रक्रिया कि सहमतिबारे विवाद

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको आइतबारको बैठकमा बोल्दै सदस्यहरूले महासमितिबाट पारित नयाँ संविधानअनुसार प्रदेशदेखि वडा तहसम्मको संरचना निर्वाचनबाटै चयन गर्नुपर्ने धारणा राखेका छन्।

महाधिवेशनको मिति तोक्न कांग्रेस केन्द्रीय सदस्यहरुको दबाब

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको १४ औ महाधिवेशनको मिति निर्धारण गरि अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपुर्ण एजेण्डाको रुपमा छलफल हुदै आएको छ।

राजपा केन्द्रीय समितिको बैठक एकपटक मात्र

राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको दुई वर्षमा जम्मा एकपटक मात्रै केन्द्रीय समितिको बैठक बसेको छ। त्यो पनि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रयोजनका लागि बसेको थियो। यसबाहेक केन्द्रीय समिति बैठक बस्न सकेको छैन। केन्द्रीय समितिको बैठक दुई वर्षदेखि बैठक बस्न नसकेपछि केही केन्द्रीय सदस्यहरू केन्द्रीय समितिको बैठक बोलाउन नेतृत्वलाई दबाब दिँदै आएका छन्। अध्यक्षमण्डलका सदस्यहरू भने बैठक बोलाउने विषयमा चासो राख्दैनन्। ‘

कांग्रेस बैठक १४औँ महाधिवेशनको कार्यतालिका केन्द्रित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा विधान बमोजिम सङ्गठनको अन्तरिम व्यवस्था गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल शुरु भएको छ।

प्रदेश सरकारको अर्को टोली फेरि चीन जाने

आउँदो भदौमा प्रदेश ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी चीन भ्रमणमा जाने भएका छन्। सोमबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले भदौ १० गतेदेखि १६ गतेसम्म चीनको गान्सु प्रान्तको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको हो। मन्त्री गिरीको नेतृत्वमा ९ सदस्यीय टोली चीन भ्रमणमा जाने छ।

नेकपाको स्कूल विभागमा रस्साकस्सी, पूर्वमाओवादीलाई पोखरेल अमान्य

सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ। आज दिउँसो बस्ने सचिवालय बैठकले एकता प्रक्रियाको बाँकी काम टुंग्याउने बताइएको छ।

बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको शनिबार साँझ छुट्टै बैठक बसेको हो।

मप विश्वविद्यालय सिनेटः रजिष्ट्रारको विषय अजेण्डमै परेन

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौं विश्वविद्यालय सभा (सिनेट बैठक) आइतबार प्रधानमन्त्री निवास काठमाडौंको बालुवाटारमा बस्दैछ। वार्षिक बजेट, लेखा परीक्षण प्रतिवेदन, योजना, कार्यक्रम, नीति–नियम बनाउनका लागि बस्न लागेको बैठकमा रजिष्ट्रारको टुंगो लगाउने विषयले भने प्रवेश पाएको छैन्। विश्वविद्यालयका तत्कालीन रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल निलम्विन भएको सात महिना पुग्यो। त्यसयता विश्वविद्यालय निमित्त रजिष्ट्रारको भरमा चलिरहेको छ।

यी हुन् मन्त्रिपरिषद्का आठ निर्णय

मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले आज सार्वजनिक गरेका छन्।

संसदीय समितिको बैठक स्थगित गर्न माग

संसद् स्थगित भएपछि समिति बैठक पनि स्थगित गर्न कांग्रेसले माग गरेको छ । राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका हुन् ।

कांग्रेस सांसदः ‘संसदीय समिति बैठक स्थगित गर’, नेकपा सांसदः ‘हुँदैन’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन्।

प्रतिनिधिसभा स्थगनबारे आरोप प्रत्यारोप

संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगित भएको विषयलाई लिएर सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आरोप प्रत्यारोप चलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्