२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सभामुख सरकारसँग डराएः देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद सचिवालयले सोमबार सूचना टाँस गरी आगामी साउन ८ गते बुधबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेकोमा आपत्ति जनाएका हुन्।

कांगेस बैठक जारीः प्रतिवेदनमाथि छलफल

नेपाली कांग्रेसले पार्टीको जारी केन्द्रिय कार्य समिति बैठकमा नियमावलीमा मात्रै केन्द्रित भएर छलफल भईरहेको जनाएको छ।

कांग्रेस बैठक सुरु, १४ वटा एजेन्डा तय

नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक शुक्रबारबाट सुरु भएको छ। कांग्रेसको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा पार्टीको नियमावलीमा केन्द्रित भएर छलफल भईरहेको हो।

प्रहरी झडपमा मारिएका सिंहको परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

नारावाजीबीच संसद् बैठक

प्रतिनिधिसभाको बुधबारको बैठक प्रतिपक्षीको नारावाजीबीच मै सञ्चालन भएको छ। सर्लाहीमा भएको मृत्युको घटनाबारे संसदीय समिति गठन नभएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी राजपाले संसद्मा दोस्रो दिन पनि नारावाजी गरेका हुन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि संसदीय समिति गठको माग राख्दै प्रतिपक्षीले संसद्मा नारावाजी गरेका थिए। त्यसपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना जारी गर्दै बुधबार १ बजे बोलाइएको थियो।

सर्लाही घटनामा छानबिन समिति बनाउन सरकारलाई आपत्ति छैनः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा यही असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेटमा मृत्यु भएको बताएका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले  जनपरिषद् गठन गर्ने, शान्ति सुरक्षामा खलल पु-याउने र संविधान विरोधी गतिविधि गरेकाले प्रहरीसँगको मुठभेटमा पौडेलको निधन भएको स्पष्ट गरे।

प्रतिनिधिसभाको बैठक भोलिसम्म स्थगित

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको हो।

टाइफाइडको प्रकोप बढ्दै गएपछि अकास्मिक बैठक

हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् । प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

कांग्रेस केन्द्रीय समिति बस्दै, देउवाले महाधिवेशनबारे धारणा राख्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा सभापति शेरबहदुर देउवाले पार्टीको महाधिवेशनबारे आफ्नो धारणा राख्ने भएका छन्।

केसीको घरमा कांग्रेस असन्तुष्ट पक्षको ‘डिनर’: तदर्थवादमा लैजान खोजेको निष्कर्ष

नेपाली कांग्रेसका असन्तुष्ट पक्षले संघीय संरचना अनुसार पार्टीका सबै निकायहरु निर्वाचनबाट पूर्णता दिनुपर्ने निष्कर्ष निकालेका छन्। नुवाकोट सभापति जगदिशनरसिंह केसीको निवास गोगंबुमा मंगलबार साँझको खानासहित नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायतका नेताहरुको बैठकले विधानको संकक्रमणकालीन व्यवस्थालाई टेक्दै सभापति शेरबहादुर देउवाले कांग्रेसलाई तदर्थवादमा लैजान खोजेको निष्कर्ष निकालेका हुन्।

२९ ‘भाइ’को दबाबपछि असारभित्रै एकता प्रक्रिया टुंग्याउने ओली–दाहालको बाचा

सत्तारुढ दल नेकपाका सांसदहरुले विवादमा नआउने गरी कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका छन्। सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा नेकपाका सांसदहरुले सरोकारवाला निकायसँग पर्याप्त परामर्श गरेर विवादमा नआउने गरी विधेयकलगायतका क्षेत्रमा कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका हुन्।

यस्तो छ प्रदेश नं १ को मन्त्रिपरिषद् निर्णय

प्रदेश नं १ काे मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेकाे छ। शुक्रबार बसेकाे मुख्ममन्त्री तथा मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री शेरधन राई अमेरिका जान स्वीकृत दिएको मन्त्रिपरिषद्का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्